भदौ महिनाको पहिलो दिन बढेको सुनको मूल्य दोस्रो दिन पनि बढ्यो !

काठमाडौँ – महिनाको पहिलो दिन बढेको सुनको मूल्य आज पनि बढेको छ। भदौ महिनाको पहिलो दिन हिजो बढेको सुनको मूल्य आज पनि बढेको हो। यस अगाडी सुनको मूल्य मंगलबार तोलामा ४ सय रुपैंयाँले बढेको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९१ हजार २ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि २ सय रुपैंयाँले नै बढेको छ। यससँगै तेजाबी सुनको मूल्य ९० हजार ७ सय रुपैंयाँ कायम भएको महासंघले जनाएको छ।

यस अगाडी सुनको मूल्य मंगलबार तोलामा ४ सय रुपैंयाँले बढेको थियो।

चाँदीको मूल्य

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा रु ५ ले घटेर १२ सय ५ रुपैंयाँ कायम भएको छ।

प्रकाशित : बुधबार, भदौ ०२, २०७८१२:५७

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी