राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

काठमाडौँ – राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएको छ। माधव नेपाल पक्ष र महन्थ ठाकुर पक्षलाई पार्टी फुताउना सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश बुधबार जारी भएको हो।

राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार दिउँसो जारी गरिन्। सरकारको सिफारिस अनुसार अध्यादेशलाई राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपतिको कार्यालयले एक सूचना प्रकाशित गर्दै संविधानको धारा ११४ को उपधारा १ बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपतिले जारी गरेको जानकारी गराएको छ।

प्रकाशित : बुधबार, भदौ ०२, २०७८१३:५३

नयाँ दल गठनको तयारीमा जुट्यो माधव नेपालपक्ष र महन्थपक्ष !