माधव नेपालको नयाँ पार्टीमा भीम रावल, योगेश, गोकर्ण नजाने, यी पूराना नेताले पनि छाडे साथ !

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षमा रहँदै आएका केहि नेताहरु माधव नेपालले खोल्ने नयाँ पार्टीमा नजाने भएका छन्। पार्टी एकताका लागि लगातार प्रयास गरिरहेका केहि नेताहरु माधव नेपालको नयाँ पार्टीमा नजाने भएका हुन्।

पछिल्लो खबरका अनुसार, एमालेका उपाध्यक्ष भीम रावल, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराई माधव नेपालको नयाँ पार्टीमा सामेल नहुने पक्का-पक्की भएको छ।

पार्टी एकताका लागि गएको केहि समय देखि तीनै नेताले हदैसम्मको प्रयास गरेका थिए। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मात्र नभई माधव नेपाललाई पनि एकताका लागि तीनै नेताले दबाव दिएका थिए।

युवराज ज्ञवाली पनि एमालेमै रहने

माधव नेपालको पक्षमा रहेर ओलीको आलोचना गर्दै आएका युवराज ज्ञवालीले पनि अन्ततः माधव नेपालको साथ छाड्ने भएका छन्। स्थायी कमिटी सदस्य समेत रहेका ज्ञवालीले नयाँ पार्टीमा नगएर नेकपा एमालेमै रहने निर्णय गरेका हुन्।

पार्टी दर्ताको तयारी

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेसँगै नेपालपक्ष नयाँ पार्टी दर्ताको तयारीमा जुटेको छ। नेपाल पक्षका नेताहरू अहिले बानेश्वरस्थित अर्याल होटलमा भेला भएका छन्। त्यहाँ माधव नेपालले आफू पक्षका नेताहरुसँग छलफल गरेको बताइएको छ। माधव नेपालको नयाँ पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुला किताब प्रस्ताव गरिएको छ।

ओलीको कारवाही

नेकपा एमालेले कारवाही गरेका सांसदहरुले आफूहरुलाई गरिएको कारवाही अवैधानिक भएको दावी गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कारवाही गरेका १४ सांसदहरुले आफूहरु माथि गरिएको कारवाही अवैधानिक भएको दावी गरेका हुन्।

कारवाहीमा परेका सांसदहरुले संसद् सचिवालयसहित निर्वाचन आयोगलाई पत्र लेखेर अवैधानिक र दुरासयपूर्ण रहेको कारवाहीलाई वैधानिकता नदिने आग्रह गरेका छन्।

एमालेले पठाएको पत्रका अधारमा कुनै कारवाही अगाडि नबढाउन, सूचना प्रकाशित नगर्न र निर्वाचन आयोगमा जानकारी नगराउन १४ सांसदहरुको आग्रह छ।

प्रकाशित : बुधबार, भदौ ०२, २०७८१५:०६

कोरोना विरुद्धको खोप कोभिशील्डको नक्कली खोप भेटियो: डब्ल्यूएचओ