प्रेमिका फेल हुने डरले आफैं केटी बनेर परिक्षा दिन गएपछि…..

प्रेममा मानिसले जे पनि गर्न सक्छ भन्ने कुरा एक युवकले सहि साबित गरेका छन्। पश्चिमी अफ्रिकी राष्ट्र सेनेगलका एक प्रेमीले आफ्नी प्रेमिकाको लागि जे गरे त्यसको बारेमा जानेर जो कोहिलाई पनि हास्यास्पद लाग्न सक्छ। सेनेगलका एक युवक आफ्नो प्रेमिका फेल हुने डरले आफैं प्रेमिकाको परिक्षा दिन पुगे।

युवतीको भेष गरेर उनले ३ दिन सबैको आँखामा धुलो हाल्न सफल भए। गेस्टन बर्जर डी सेन्ट लुई युनिभर्सिटीका खादिम एमबौप नामका २२ वर्षीय युवकलाई ३ दिन सबैको आँखामा धुलो हालेपछि चौंथो दिन परिक्षा हलबाट पक्राउ गरिएको छ। हाई स्कूल ग्रेजुएशनको परिक्षामा आफ्नी १९ वर्षीया प्रेमिका गेंग्यू डिओम फेल हुने डरले खादिमले आफैले प्रेमिकाको परिक्षा दिने निर्णय गरे।

पारम्परिक स्कार्फ, कानका झुम्का, विग, ब्रा, मेक-अप तथा महिलाको कपडा लगाएर युवती जस्तै देखिने गरी तयार भएका खादिमको योजना ३ दिनसम्म सहज तरिकाले सफल भयो। तर चौंथो दिन भने परिक्षामा तैनाथ एक सुपरभाइजरलाई खादिममाथि शंका शंका लागेपछि उनको भान्डाफोर भएको हो।

३१ जुलाईको दिन खादिमलाई पक्राउ गरेपछि प्रहरी उनकै माध्यमबाट एक होटलमा खादिमको प्रतिक्षा गरिरहेकी उनकी प्रेमिकासम्म पुग्न सफल भयो। उनीहरु विरुद्ध धोकाको मुद्दा दर्ता गरेता पनि यस घटनाको सबै जिम्मेवारी खादिमले आफ्नो टाउकोमा लिएका छन्। तर प्रहरीले भने दुबै विरुद्ध मुद्दा दर्ता गरेको छ। खादिमले पुलिसलाई बयान दिँदै भने,”मैले यो सबै प्रेमका लागि गरेको हुँ। उनलाई अंग्रेजीमा फेल हुन्छिन् कि भन्ने डर थियो।”

ल्याडबाइबलको एक रिपोर्टका अनुसार यी दुईलाई सजाय भएको खण्डमा पाँच वर्षसम्म देशमा कुनै पनि प्रकारको परीक्षा दिन सक्ने छैनन्, न कुनै डिप्लोमा डिग्री लिन नै सक्नेछन्। साथै पाँच वर्षको जेल सजाय पनि हुनसक्छ।

प्रकाशित : बुधबार, भदौ ०२, २०७८१५:१७

चिम्पान्जीसँग महिलाको चक्कर चलेपछि …