ग्रहहरुका सेनापति मानिने पृथ्वी पुत्र मंगल ग्रह हिजो बेलुका ७ बजेर १५ मिनेटबाट सिंह राशिको गोचर कालमा पश्चिम दिशामा अस्ताएको छ। यो पुनः २९ नोभेम्बर बिहान ६ बजेर १८ मिनेट देखि तुला राशिको गोचर कालमा पूर्व दिशामा उदय हुनेछ। ज्योतिषशास्त्रका अनुसार ग्रह अस्त हुनुको अर्थ उक्त ग्रहको पूर्ण प्रभाव पृथ्वी वासीमा नपर्नु हो। मंगल ग्रहको अस्त हुनु पृथ्वीमा अशान्तिको संकेत हो। जो मानिसको कुण्डलीमा हाल अशुभ स्थितिमा मंगल थियो, उनीहरुको लागि मंगल अस्त हुनु शुभ मानिन्छ। तर जसको कुण्डलीमा मंगल शुभ स्थानमा थियो, उनीहरुका लागि मंगल अस्त हुनु शुभ हैन।
मेष र वृश्चिक राशिका स्वामी ग्रह मंगल कर्कट राशिमा नीच र मकर राशिमा उच्च मानिन्छ। यसले सबै १२ राशिमा प्रभाव पार्नेछ…..
मेष राशि
आफ्नै राशिको स्वामी ग्रह मंगल अस्त हुनु मेष राशिका मानिसको लागि शुभ नरहला। शिक्षा क्षेत्रमा खास प्रगति हुने छैन। विद्यार्थी वर्गका लागि पनि समय अनुकूल छैन। सन्तान सम्बन्धि चिन्ताले पनि सताउन सक्छ। प्रेम सम्बन्धि मामिलामा उदास हुनु पर्ला। परिवारका वरिष्ठ सदस्यको सहयोग प्राप्त हुनेछ।
वृष राशि
मंगल अस्त हुनु यस राशिका मानिसको लागि भने राम्रो भन्न सकिन्छ। लामो समय देखि चल्दै आएको पारिवारिक कलहको समाप्ति हुनेछ। पैतृक सम्पत्ती सम्बन्धी मामिलाहरुको व्यवस्थापन हुनेछ। सरकारी क्षेत्रमा रहेका मानिसको लागि समय अनुकूल रहनेछ। मित्र तथा आफन्तबाट शुभ समाचार प्राप्त हुनेछ।
मिथुन राशि
मंगल अस्तको प्रभावका कारण तपाईंमा आलस्य बढ्न सक्छ। धर्म तथा अध्यात्ममा गहिरो चासो रहनेछ। विदेशी कम्पनीहरुमा सेवा वा नागरिकताको लागि गरिएको प्रयास सफल हुनेछ। साना भाइहरु बीच आपसी मेलमिलाप हुनेछ। आजको काम भोलि गर्छु भन्ने प्रवित्ति हावी हुनसक्छ।
कर्कट राशि
मंगल अस्तका कारण कर्कट राशिका मानिसले मिश्रित फल प्राप्त गर्नेछन्। हरेक कार्य तथा निर्णय धेरै सावधानीपूर्वक गर्न आवश्यक छ। आर्थिक हानि हुने सम्भावना उच्च रहेको छ। यस अवधिमा कसैलाई धेरै पैसा उधारो नदिनुहोस्। सम्पत्ति सम्बन्धि मामिलाहरुको समाधान हुनेछ।
सिंह राशि
मंगल अस्त हुनाले सिंह राशिका मानिसलाई धेरै फरक नपर्ला। कुनै ठूलो कार्य सुरु गर्न वा नयाँ सम्झौतामा हस्ताक्षर गर्न चाहनुहुन्छ भने यो समय शुभ रहनेछ। रोजगारको क्षेत्रमा गरिएको प्रयास पनि सफल हुने देखिन्छ। घर तथा गाडी किन्ने सपना पनि पूरा हुनसक्छ। स्वास्थ्यको बारेमा भने चिन्ता रहला।
कन्या राशि
तपाईंको लागि मंगल ग्रहको अस्त हुनु शुभ रहनेछ। नोक्सान हुने काममा कमी आउनेछ। अधिक धन लेन-देन नगर्नुहोला, अन्यथा हानि हुने सम्भावना उच्च रहेको छ। विवाह सम्बन्धि वार्तामा आइरहेका बाधाहरु हट्नेछ। तपाईंको सामाजिक पद-प्रतिष्ठा बढ्नेछ।
तुला राशि
तपाईंको लागि यो समयले सामान्य फल प्रदान गर्नेछ। तुला राशिका मानिसहरुमा केहि सकारात्मक त केहि नकारात्मक प्रभाव पर्नेछ। पारिवारिक विवाद शान्ति हुनेछ। दाजु-भाइहरुबाट पनि सहयोगको अपेक्षा गर्न सकिन्छ। पदोन्नतीको योग रहेको छ। सरकारी क्षेत्रमा विशेष सफलता प्राप्त हुनेछ।
वृश्चिक राशि
मंगल अस्त तपाईंको लागि त्यति शुभ पनि भन्न मिल्दैन। समय मै पूरा हुनुपर्ने योजना पूरा हुन समय लाग्नेछ। सरकारी सेवाको वा टेन्डर आदिको लागि गरिएको आवेदन सफल हुनेछ। आमा-बुबाको स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक रहेको छ। अनावश्यक झै-झगडामा नपर्नुहोला।
धनु राशि
धनु राशिका लागि मंगल अस्त अशुभ रहनेछ। यसको प्रभावले तपाईंको कार्योन्नतिमा बाधा लेराउन सक्छ। विद्यार्थी वर्गका लागि पनि यो समय खास अनुकूल रहने चाहिन। कडा मेहनत पश्चात पनि राम्रो सफलता प्राप्त नहोला। सन्तान सम्बन्धि चिन्ताले सताउन सक्छ। प्रेम सम्बन्धि मामिलामा उदासीनता रहनेछ।
मकर राशि
मंगल अस्त मकर राशिका मानिसको लागि राम्रो नै रहनेछ। स्वास्थ्यमा देखिएका समस्याबाट छुटकारा मिल्नेछ। कार्यक्षेत्रमा तपाईंको विरुद्ध षड्यन्त्र गर्ने पराजित हुनेछन्। कसैलाई दिएको पैसा फिर्ता आउने सम्भावना रहेको छ। घर तथा गाडी किन्ने सपना पूरा हुनेछ। सम्पत्ति सम्बन्धि मामिलाहरु हल हुनेछन्।
कुम्भ राशि
मंगल अस्तको प्रभाव कुम्भ राशिका मानिसको लागि मिश्रित रहनेछ। कार्य व्यापारमा सुस्तता आए पनि दाम्पत्य जीवन भने सुखमय रहनेछ। विवाह सम्बन्धि वार्ता सफल हुनेछ। ससुराली पक्षबाट पनि सहयोग मिल्नेछ। दैनिक व्यापारीहरुको लागि समय अपेक्षाकृत अधिक अनुकूल रहनेछ। रोजगारीको दिशामा गरिएको प्रयास पनि सफल हुनेछ।
मीन राशि
मीन राशिका मानिसमा मंगल अस्तको प्रभाव सामान्य रहनेछ। स्वास्थ्य राम्रो रहनेछ तर गोप्य शत्रुहरुको गतिविधि बढ्नेछ। कार्यस्थलमा षडयन्त्रको शिकार हुनबाट जोगिनुहोस्। यदि सम्भव छ भने, काम पूरा गर्नुहोस् र सीधा घर आउनुहोस्। आफन्त तथा मित्रगणबाट केहि अशुभ समाचार प्राप्त गर्नुहोला।