काठमाडौँ – नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता भएको छ। नेकपा एमालेका वरिष्ट नेता माधव नेपाल समूहले आयोगमा बुधबार नेकपा एमाले (समाजवादी) नामको नयाँ दल निर्वाचन आयोगमा दर्ता गराएको हो।
नेपालपक्षले दर्ता गराएको पार्टीको चुनाव चिन्ह खुला किताब हुने भएको छ। माधव नेपालपक्षले नयाँ पार्टी दर्ता गरेसँगै नेकपा एमाले औपचारिक रुपमै फुटेको छ।
महन्थ ठाकुरको पनि नयाँ दल
निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएसँगै पार्टी बिहिन जस्तै भएका महन्थ ठाकुरले पनि नयाँ दल दर्ता गराएका छन्। ठाकुरले बुधबार आयोगमा जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक दर्ता गराएका हुन्।
पार्टीको अध्यक्षमा ठाकुर रहनेछन्। पार्टीको चुनाव चिन्ह साइकल हुनेछ। नयाँ दर्ता गरिएको जसपा लोकतान्त्रिक २४ सदस्यीय केन्द्रीय कार्यकारिणी हुनेछ।