एमाले फुटाएका माधव नेपाललाई तनाव, चुनाव चिन्हका कारण लफडा !

काठमाडौँ – निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएको माधव नेपालपक्ष समस्यामा परेको छ। नेकपा एमाले (समाजवादी) दल दर्ता गराएको नेपालपक्ष चुनाव चिन्हका कारण समस्यामा परेको हो।

नेपाल पक्षले दल दर्ता गर्दा खुला किताबलाई चुनाव चिन्हको रुपमा प्रस्ताव गरिएको छ । तर, उक्त चुनाव चिन्ह अर्को पार्टीसँग मेल खाएको छ। बताइएअनुसार, उक्त चुनाव चिन्ह उन्नत लोकतान्त्रिक पार्टीसँग मिल्छ। उक्त पार्टीको अध्यक्ष स्वागत नेपाल रहेका छन्।

माधव नेपाल संयोजक रहनेगरी दर्ता भएको नयाँ पार्टीले आफूले पाइसकेको चुनाव चिन्ह प्रस्ताव गरेको भन्दै उन्नत लोकतान्त्रिक पार्टीका बोधराज न्यौपाने ले निर्वाचान आयोग पुगेर अपात्ति जनाइसकेका छन्। चुनाव चिन्हमा विवाद हुने देखिएसँगै हालका लागि चुनाव चिन्ह बिना नै नेकपा एमाले (समाजवादी) दल दर्ता गरिएको पार्टीका एक सदस्यले जानकारी दिए।

राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएसँगै नेपालपक्षले निर्वाचन आयोग पुगेर नयाँ दल दर्ता गराएको हो। माधव नेपालले नयाँ पार्टी दर्ता गराएसँगै नेकपा एमाले औपचारिक रुपमै फुटेको छ।

प्रकाशित : बुधबार, भदौ ०२, २०७८१६:४८

कोरोनाबाट थप ४२ जनाको मृ-त्यु, ३४०३ जनामा संक्रमण पुष्टि !