धेरै दिनपछि आज घट्यो सुनचाँदीको मुल्य, कति छ आजको रेट?

काठमाडौँ, भदौ ३।  महिनाको पहिलो र दोस्रो दिन बढेको सुनको मूल्य आज भने घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ४  सय रुपैयाँले घटेको  छ। जससँगै छापावाला सुनको मूल्य ९० हजार  ८ सय रुपैयाँ कायम भएको छ।

 

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ४  सय रुपैयाँले नै घटेको  छ। यससँगै तेजाबी सुनको मूल्य ९० हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

चाँदीको मूल्य

आज सुनको मूल्य घटेसंगै चाँदीको मूल्य पनि  घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा रु २५ ले घटेर ११  सय ८०  रुपैयाँमा  कायम भएको छ।

प्रकाशित : बिहिबार, भदौ ०३, २०७८१३:५०

नेप्सेमा दोहोरो अङ्कको गिरावट, जीवन विकास लघुवित्तका लगानीकर्ता भने मालामाल !