सभामुखलाई ओलीको चेतावनी: सभामुख हुनु छ कि छैन?

काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटालाई चेतावनी दिएका छन् । ओलीले  सापकोटालाई सभामुख पदमा रहिरहने कि पार्टीको कार्यकर्ता हुने भन्दै प्रश्न गरेका छन्।

१४ सांसदलाई पदमुक्त गर्न पत्र लेखेको तिन दिनसम्म पनि केही नगरेको भन्दै अध्यक्ष केपी ओलीले आक्रोस पोखेका छन् । साथै एमालेले सापकोटालाई माओवादी कार्यकर्ता भएर आफ्नो पार्टी विरुद्ध काम नगर्न चेतावनी दिदै भनेका  छन्, ‘सभामुख हुनु छ कि छैन ? सभामुखको पदमा  भएपछि निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ नत्र छोडिदिए हुन्छ ।’

ओलीले गैरकानूनी ढंगले संसद चल्न नसक्ने बताएका छन्।

प्रकाशित : बिहिबार, भदौ ०३, २०७८१६:३४

नौ वर्षमा ६५ प्रतिशत काम सम्पन्न भएको मध्य भोटेकोशी !