मेस्सीको कमी पूरा गर्लान् त कौटिन्होले ? क्लबले दियो अन्तिम मौका !

प्रशिक्षक रोनाल्ड कोमन र बार्सिलोनाका निर्देशकहरुले ब्राजिलियन स्टार फिलिप कौटिन्होलाई तेस्रो मौका दिन तयार भएका छन्। सन् २०१८ मा लिभरपुलबाट बार्सिलोना आएका कौटिन्होले क्लबमा चोटका कारण खासै राम्रो प्रदर्शन गर्न सकेका छैनन्।

आर्थिक संकटसँग जुधिरहेको समयमा क्लब २९ वर्षीय पूर्व इन्टर स्टारलाई बिक्री गर्ने तयार भएको थियो। तर खेलाडीको लागि उपयुक्त अफर नआएपछि उनी क्लब मै बस्ने भएका हुन्। उपयुक्त अफर नआउनु र प्रशिक्षक कोमनको योजनामा कौटिन्होको भूमिका रहेको कारण क्लबले उनलाई अन्तिम मौका दिने निर्णय गरेको हो।

 

लिभरपुलमा २०१३ देखि २०१८ मा निकै उत्कृष्ट प्रदर्शन गरेका कौटिन्होले २०१७/१८ सिजनको विन्टर ट्रान्सफर विन्डोमा १४० मिलियनमा बार्सिलोनासँग अनुबन्ध भए। जसपछि त्यति खास प्रदर्शन गर्न नसकेका कौटिन्हो २०१९/२० सिजनमा एक सिजनका लागि बार्यन म्युनिखसँग लोनमा अनुबन्ध भएर बार्सिलोना फर्किए। गत सिजन उनले नव नियुक्त प्रशिक्षक रोनाल्ड कोमनको प्रशिक्षणमा सिजनको सुरुवात राम्रो गरेका थिए तर चोटका कारण लामो समयका लागि मैदान बाहिर भएका थिए।

चोट कै कारण उनले क्लबले प्रि-सिजनका खेलहरु पनि गुमाएका थिए। विशेषगरी क्लबका पूर्व कप्तान लियोनल मेस्सीले बार्सा छाडेर पीएसजीसँग अनुबन्ध भएसँगै टोलीमा कौटिन्होको भूमिका पनि निकै महत्वपूर्ण हुने देखिएको छ। ब्राजिलियन खेलाडीको प्रमुख पोजिसन पनि मेस्सीको पोजिसन नै थियो। अब मेस्सीको बहिर्गमन पश्चात उक्त भूमिका कौटिन्होले पूरा गर्नुपर्ने हुन्छ। क्लबले उनलाई मेस्सीले लगाएको १० नम्बर जर्सी पनि प्रस्ताव गरेको केहि रिपोर्टले बतएका छन्।

प्रकाशित : बिहिबार, भदौ ०३, २०७८१७:०६

मेस्सी गएपछि १० नम्बर जर्सी लगाउने कसैको आँट भएन, अगुएरोले पनि मानेनन् !