देशभर सक्रिय संक्रमितको सङ्ख्या ४० हजार नाघ्यो, थप ३०७५ मा संक्रमण पुष्टि !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ४२ हजार २२८ पुगेको छ भने एन्टिजेन विधिबाट ७८ हजार ३७७ जनामा संक्रमण पुष्टि भएको छ।

थप ११ हजार ९४६ जनाको पिसिआर परीक्षण तथा ४ हजार ४९२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट २ हजार ३२१ तथा एन्टिजेनबाट ७२५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३८ लाख ३ हजार १५ जना पुगेको छ । हालसम्म ६ लाख ९१ हजार २९९ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २ हजार १२६ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९३ दशमलप १ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ४० हजार ५०० रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण ३३ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या १० हजार ४२९ पुगेको छ।

प्रकाशित : बिहिबार, भदौ ०३, २०७८१७:२१

१४ सांसदलाई पदमुक्त नगरिए एमालेले प्रतिरोध गर्ने, सभामुखलाई भेटेरै दिइयो चेतावनी !