घरमा शालिग्राम स्थापना गरेर गर्नुहोस् दैनिक पूजा: हुनेछ धनको वर्षात, मिल्नेछ सारा सुख-शान्ति !

शालिग्राम कालो र चिल्लो अण्डाकार ढु्गा हो जसलाई भगवान विष्णुको रूप मानिन्छ। माता लक्ष्मीलाई शालिग्राम निकै प्रिय हुन्छ र यसलाई तुलसीको मोठमा राखेर पूजा पनि गरिन्छ। भनिन्छ कि शालिग्राम को पूजा गर्ने घरमा वास्तु दोष हट्छन् र सबै प्रकारका बाधाहरु हटेर जानेछन्। आज हामी तपाईंलाई शालिग्रामसँग सम्बन्धित पौराणिक कथा र घरमा शालिग्राम राख्नुका लाभको बारेमा बताउँछौं…..

शालिग्रामसँग सम्बन्धित पौराणिक कथा 

पुराणहरुमा शालिग्रामसँग सम्बन्धित एक कथा छ कि एक पटक भगवान विष्णुले वृन्दा नामकी एक सती महिलाका पति जालंधरलाई धोका दिएर ज्यान लिनुभयो, तब वृन्दाले आफ्नो सतीत्‍व भंग गरेको भन्दै विष्णुलाई श्राप दिनुभयो कि भगवान विष्णु ढुङ्गा हुनुपर्नेछ। त्यस्तै, अर्को कथा अनुसार, विष्णुले कपट गरेर राक्षस शंखचूडलाई मा-रेका थिए, यस कारण उहाँ ढुङ्गा बन्नु भएको थियो। भगवान विष्णुको यहि रूपलाई शालिग्राम भनिन्छ, जसलाई कालो पत्थरको रूपमा जताततै पूजा गरिन्छ। तब भगवान विष्णुले भन्नुभयो, ‘हे वृन्दा! यो तिम्रो पुण्यको फल हो कि तिमी मसँग एक तुलसीको विरुवा र गण्डकी नदीको रूपमा रहनेछौं।’ जसको कारण शालिग्राम नेपालको गण्डकी नदीको किनारमा पाइन्छ। एकादशीको दिन तुलसीको विवाह शालिग्रामसँग गराउँदा मोक्ष प्राप्त हुन्छ।

माता लक्ष्मीको बास 

जुन घरमा दैनिक रूपमा शालिग्राम पूजा गरिन्छ, त्यो घरमा माता लक्ष्मीको बास हुन्छ। जसले लगातार शालिग्रामलाई शुद्द जलको साथ अभिषेक गर्दछ, सबै दानको पुण्य र पृथ्वीको परिक्रमाको सबै भन्दा उत्तम फलको हकदार बन्छ।

शालिग्राम पूजाको लाभ 

शालिग्रामको पूजा बिना तुलसीको पूजा अधुरो मानिन्छ। त्यस्तै, तुलसी अर्पण गर्नाले शालिग्राम निकै प्रशन्न हुन्छन्। शालिग्राम र तुलसी विवाह गराउनाले सबै कमी, रोग र दोषहरु हटेर जानेछ। साथै पुण्य फल पनि प्राप्त हुन्छ। यस्तो पुण्यफल कन्यादान गर्दा मात्र मिल्छ। दैनिक पूजामा, शालिग्रामजीलाई स्नान गराएर चन्दन र तुलसी दल चढाउनु पर्छ। चरणमृत पनि ग्रहण गर्नुपर्छ। यसो गर्नाले शरीर, दिमाग र धन सम्बन्धि सबै समस्याहरु दूर हुनेछन्।  सबै कमजोरी र दोषहरु पनि हट्नेछन्। पुराणमा भनिएको छ कि शालिग्राम राखिएको घर तीर्थयात्रा भन्दा राम्रो मानिन्छ। शालिग्रामको दर्शन तथा पूजा गर्दा सारा सुख-शान्ति प्राप्त हुन्छ।

प्रकाशित : शुक्रबार, भदौ ०४, २०७८१३:५३

पर्सि अर्थात् रक्षा बन्धनको दिन ५०० वर्षपछि महासंयोग बन्दै, मिल्नेछ यस्ता अद्भुत लाभ!