वास्तु शास्त्रमा नुनको उपायको धेरै महत्व छ। नुनको उपाय गर्दा घरको खुशी र समृद्धिमा वृद्धि हुने विश्वास गरिन्छ। यसका साथै नुन राहु र केतुको नकारात्मक प्रभाव कम गर्न प्रभावकारी हुन्छ। शास्त्रमा नुनलाई चन्द्र र शुक्रको प्रतिनिधि मानिएको छ। यसको उपायले चन्द्रमा र शुक्रको हानिकारक प्रभावहरुबाट पनि बच्न सकिन्छ। नुनको प्रयोग गरेर थुप्रै यस्ता वास्तु उपायहरु गर्न सकिन्छ जसले तपाईंको विभिन्न समस्या दूर गर्छ। सामान्य रूपमा हामी नुनको प्रयोग खानाको स्वादको लागि गर्छौं। त्यस्तै, वास्तुमा यसको प्रयोग खराब नजरबाट बच्न गरिन्छ। आउनुहोस् जानौं वास्तु शास्त्रमा नुनको उपाय के हो-
नुनले हामीलाई दुष्ट नजरबाट बचाउँछ। यदि कुनै व्यक्तिलाई नराम्रो नजर परेको छ, तब एक चिम्टी नुन लिनुहोस् र उक्त व्यक्तिको वरिपरी तीन पटक घुम्नुहोस् र त्यो नुन बाहिर फाल्दिनुहोस्।
राती सुत्नु भन्दा पहिले पानी र नुन मिसाएर हात र खुट्टा धुनुहोस्, यसले तपाईंको थकान हटाउनेछ र निद्रा राम्रोसँग आउनेछ। यदि घरमा कोहि लामो समय देखि बिरामी छ भने, उसको ओछ्यान नजिक ५ ओटा सिसा बोतलमा नुन भरेर राख्नुहोस् र यसलाई हरेक हप्ता परिवर्तन गर्नुहोस्।
कुनै पनि मानिसलाई नुन सिधै हातमा दिनु हुँदैन। भनिन्छ नुन सिधै हातमा दिँदा एक-अर्कासँग झगडा पर्छ। घरबाट नकारात्मक उर्जा हटेर जाओस् भन्ने चाहनुहुन्छ भने घरमा पोछा लगाउँदा पानीमा नुन मिसाएर लगाउनुहोस्।
कतिपय मानिस घरमा वास्तु दोषको कारण हैरान हुन्छन्। यस्तो अवस्थामा, यदि तपाईं चाहानुहुन्छ भने घरको बाथरुममा गिलासको कपमा नुन राख्नुहोस्। यसो गर्नाले तपाईंको घर भित्रको वास्तु दोषहरु हटाइन्छ।