रियल म्याड्रिड र एम्बाप्पे: रियलको ड्रेसिङ रुममा उत्साह !

एजेन्सी – ट्रान्सफर मार्केटमा पछिल्लो समय किलियन एम्बाप्पेलाई लिएर चलिरहेको चर्चाले रियल म्याड्रिडका खेलाडीहरु उत्साहित भइरहेका छन्। एम्बाप्पेले पेरिस सेन्ट जर्मेन(पिएसजी)लाई यसी सिजन आफूलाई बिक्री गर्न आग्रह गरेको खबरसँगै रियल म्याड्रिडको ड्रेसिङ रुम उत्साहित भएको हो।

स्पेनिस मिडिया मार्काका अनुसार एम्बाप्पे रियल जान सक्ने सम्भावना बढ्दै गएको छ। रियलमा महत्वपूर्ण खेलाडीको रुपमा रहेका जर्मन टोनी क्रुसले हालसालै गरेको एक टिप्पणीले एम्बाप्पेको ट्रान्सफरलाई लिएर रियलको ड्रेसिङ रुम उत्साहित भएको मार्काको विश्लेषण छ।

के भने ?

क्रुसले केहि समय अगाडी मात्रै एक क्रुसले आफ्ना भाइको पोडकास्टमा विभिन्न विषयमा कुराकानी गरेका थिए। त्यसक्रममा उनले बार्सिलोनाका लियोनेल मेस्सी पिएसजी गएको र पिएसजीबाट एक खल्दी रियल आउन सक्ने हुँदा त्यसले रियललाई धेरै फाइदा पुर्याउन सक्ने बताएका थिए।

मेस्सीको ट्रान्सफरले रियललाई धेरै फाइदा पुग्न सक्ने उनको भनाई थियो। मेस्सी पिएसजी गएको अवस्थामा पिएसजीबाट एक खेलाडी आउन सके आफूहरु धेरै बालियो हुन सक्ने क्रुसले सङ्केत गरेका थिए।

“हाम्रो सबै भन्दा ठूलो प्रतिद्वन्दी बार्सिलोनाले लियोनेल मेस्सी गुमाएको छ। त्यसले पक्कै पनि हामीलाई फाइदा पुग्नेछ।”,क्रुसले भनेका थिए,”यदि पिएसजीबाट एक खेलाडी रियल आउने हो भने मेस्सीको ट्रान्सफरले हामीलाई धेरै नै फाइदा पुर्याउन सक्छ।”

एम्बाप्पे रियल ट्रान्सफर नजिक

मार्काका अनुसार एम्बाप्पेको रियल ट्रान्सफर अन्य समयमा भन्दा धेरै नजिक देखिन्छ। यहि भएर पनि रियल म्याड्रिडका खेलाडी माझ एक प्रकारको उत्साह छ।

प्रकाशित : शुक्रबार, भदौ ०४, २०७८११:३१

अझै युभेन्टस छाड्ने प्रयास गर्दै रोनाल्डो, सिटीसँग वार्ता गर्ने !