बार्सिलोनाका फरवार्ड मार्टिन ब्राथवेट अहिले क्लब छाड्ने मनस्थितिमा छैनन्। बार्सिलोना छाडेको खण्डमा पनि उनको सोच भनेको युरोपका ठूला क्लबमा मात्र जाने उनको उदेश्य रहेको छ। लामो समयदेखि ठूला क्लबबाट खेल्ने सपनाका साथ मिड-टेबल क्लबबाट खेलेका डेनिस फरवार्डले अहिले बार्सामा आफ्नो करियर नयाँ उचाइमा पुर्याउने प्रयास गरिरहेका छन्।
यस्तोमा अहिलेको समयमा ब्राथवेट फेरी मिड-टेबल टोली, जसमा उपाधि जित्ने भोक छैन, मा फर्कन चाहँदैनन्। बार्सिलोना फरवार्डले दुई प्रिमियर लिग क्लब: वेस्ट ह्याम र ब्राइटन एण्ड होभ अल्बियको अफर इन्कार गरिसकेका छन्। यी क्लबमा राम्रो परिश्रमको असवर भएता पनि अब उनी आफ्नो करियरलाई पछाडी धकेल्न चाहँदैनन्। एस्बजर्ग, टुलुज, बोर्ड्फुक्स, मिडल्सब्रग र लेगानेस जस्ता साना क्लबसँग लामो समय बिताएपछि बार्सिलोनासँग अनुबन्ध भएका ३० वर्षीय फरवार्ड अब उच्च स्तरमै रहन चाहन्छन्।
२०२२ विश्वकपलाई ध्यानमा राख्दै ब्राथवेटले यस्तो निर्णय लिएका हुन्। जारी ट्रान्सफर विन्डोको अन्त्यसम्म बार्सिलोनाले बेच्न चाहेको खेलाडीमा पर्छन् डेनिस मार्टिन ब्राथवेट। तर सिजनको पहिलो खेलमा रियल सोसीडाड विरुद्धको खेलले क्लब ब्राथवेटसँग प्रशन्न रहेको पनि बताइन्छ। सिजनको पहिलो खेलमा बार्सिलोनाले रियल सोसीडाडलाई ४-२ ले पराजित गर्दा ब्राथवेटले २ गोल गर्नुका साथै एक असिस्ट पनि प्रदान गरेका थिए।