बलिउड अभिनेत्री ऐश्वर्या राय प्राय चर्चामा आइरहन्छिन्। उनले २० अप्रिल २००७ मा महानायक अभिताभ बच्चनका छोरा अर्थात् अभिनेता अभिषेक बच्चनसंग विवाह गरेकी थिइन्। विवाह भन्दा पहिला यी दुई केहि वर्ष प्रेम-सम्बन्धमा रहेका थिए। यी दुईलाई बलिउड इंडस्ट्रीको एक शक्तिशालि जोडी पनि भन्ने गरिन्छ ।
उनीहरु वर्षौदेखि एकसाथ सुखी जीवन बिताइरहेका छन्। यो दुई जोडी एउटा राम्रो उदाहरण पनि हो। तर अरु जोडी अर्थात् पति-पत्नी जस्तै यी दुईको पनि झगडा हुने गर्छ।
उनीहरुको झगडाको बिषयमा अभिनेता अभिषेकले एक अन्तर्वार्तामा खुलासा गरेका थिए । वास्तवमा यो घटना सन् २०१४ को हो। त्यस समय अभिषेक बच्चनको टिमले प्रो-कबड्डी लीगमा जित हासिल गरेको थियो। यसैबीच उनि आफ्नो टिमको साथ ट्रेनिंगको शिलशिलामा चेन्नईको सत्यभामा युनिभर्सिटी गएका थिए। जहाँ उनको भेट युनिभर्सिटीको फाउण्डर कर्नल जेपिआरसंग भएको थियो।
जब अभिषेक उनको अफिस गए तब उनले देखे कि जेपिआरले आफ्नो सबै ट्रफिहरु भुईको एक कुनामा राखेका थिए। त्यसपछि अभिषेकले यसको कारणबारे उनिसंग प्रश्न गरे। जवाफमा उनले भनेका थिए, ‘म आफ्नो जितलाई कहिल्यै पनि आफ्नो शिरमाथि हुन दिन्न।’ त्यसपछि जेपिआरको यस्तो कुराले अभिषेकलाई निकै प्रभाव पार्यो। त्यसपछि उनि आफ्नो घर गएर ऐश्वर्य र आफ्नो सबै ट्रफिहरुलाई भुईमा सजाएका थिए। उनको पुरै कोठा ट्रफिले भरिएको थियो। त्यसपछि जब ऐश्वर्य कोठामा आइन तब यी सब देखेर उनि रिसाईन।
यसबारे अभिषेकले एक अन्तर्वार्तामा भनेका थिए कि , ‘मैले ऐश्वर्या र मेरो सबै ट्रफिहरु जमिनमा राखेको कारण उनि यति रिसाएकी थिइन कि उनले मलाई सिधै कोठाबाट बाहिर नै गरेकी थिइन्। उनको रिसको कारण म दुई रात कोठाबाहिर बस्न परेको थियो। फेरी केहि समयपछि यो सबै ठिक भएको थियो।’