एमाले छाडेको दिल्लीबाट झलनाथको घोषणा !

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनाल गएको एक केहि समय देखि भारतमा छन्। मृगौलामा समस्या देखिएपछि खनाल मृगौला प्रत्यारोपण गर्नको लागि भारत पुगेका हुन्।

मृगौला प्रत्यारोपण पश्चात खनाल दिल्ली स्थित एपोलो हस्पिटलमा चिकित्सकहरुको निगरानीमा स्वास्थ्यलाभ गरिरहेका छन्। मृगौला प्रत्यारोपणका लागि खनाल भारत गएयता राजनीतिक रुपमा देशमा विभिन्न परिवर्तन भइसकेका छन्। उनी भारत गएपछि देशमा प्रधानमन्त्री फेरिएको छ भने उनको पार्टी नेकपा एमाले फुटेको छ।

नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्री बनेका शेर बहादुर देउवालाई विश्वासको मत दिन सार्वजनिक आह्वान गरेका खनालले शुक्रबार आफू माधव नेपालको नयाँ पार्टीमा रहेको घोषणा गरेका छन्।

माधव नेपालले दर्ताका लागि निवेदन दिएको पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को साथमा आफू रहेको खनालले सामाजिक संजाल मार्फत जानकारी गराएका हुन्।

“भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौं ।”,खनालको सचिवालयले फेसबुक मार्फत भनेको छ।

प्रकाशित : शुक्रबार, भदौ ०४, २०७८१७:४७

तीन हजार ४२ जना कोरोना सङ्क्रमित थपिए !