काठमाडौँ । वैज्ञानिक नाम एकासिया क्याटेचुबाट चिनिने खयर बहूउपयोगी वनस्पति हो। यसबाट निकालिने रसायनलाई नेपालीमा कत्था भनिन्छ । यो मसला र औषधि दुवै रूपमा प्रयोग हुन्छ ।
खयरको बोट नेपालको मधेश , तराई र पहाडी दुनहरूको नदीका किनारामा पाइन्छ । कुड्के पातहरू र काण्डलाई मसिना झुसले ढाकेको हुन्छ । फूलको रङ्ग पहेंलो र एउटै डाँठमा धेरै फुलेका हुन्छन् । यो विरुवाको बोक्रा गाढा खैरो रंगको र भित्री काठको रङ्ग रातो हुन्छ ।
आर्युवेदिक पद्धति अनुसार खयर अनेक रोगहरूमा उपयोग गरिन्छ । पाचन शक्ति बढाउन र अतिसारलाई निकै फाईदा गर्दछ । घाउ, खटिरा, बाथ तथा मर्केको जोर्नीहरूमा लेप लगाउन पनि यसलाई प्रयोग गरिन्छ ।
१. दाँत कीराले खाएमा
दाँतको प्वालमा कपुर हाल्नाले दाँत दुख्न बन्द हुन्छ र कीरा पनि ठीक हुन्छ । अथवा मरिचको धूलो, खयर, कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिँजा पाक्ने, दाँत हल्लिने, कीराले खाएको लगाएतको रोगहरु ठीक हुन्छ ।
२. सुख्खा खोकीमा
चिम्टी खाने खयर, १ चिम्टी बेसार तातोपानीसँग विहान–वेलुका खाने गरेमा २–३ दिनमा नै सुख्खा खोकी ठीक हुन्छ ।
३. कान पाकेमा
पाकेको कान सफा गरी धूलो खयर १ चिम्टी कानमा हालिदिएमा पिप आउन बन्द हुन्छ ।
४. जुका परी पेट फुलेमा
खयरको चिया दुई तिन दिनसम्म खानाले जुका परी पेट फुलेको ठिक हुन्छ । झाडा लागेकोमा पनि खयरको चिया खाएमा ठिक हुन्छ ।
५. दाग हटाउन
दाग बसेको ठाउँमा श्रीखण्ड, मजिटोको जरा र खयर मिसाएर त्यसको पाउडर बनाई लगाउँदा पनि चाँडै निको हुन्छ ।