काठमाडौँमा सबै भन्दा बढी संगत गरेको व्यक्ति गुमाउँदा भावुक भए प्रदिप भट्टराई, यसरी पोखे पिडा !

काठमाडौँ- वरिष्ठ कलाकार शम्भुराज थापाको निधन भएको छ । कोरोना सङ्क्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज बिहान निधन भएको कलाकार सन्देश लामिछानेले जानकारी दिए ।

तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गरेका थिए । उनले पछिल्लो समय मेरी बास्सै, भद्रगोल, गोलमाल, हल्का रमाईलोलगायतका टेलिसिरियलमा अभियन गर्दै आएका थिए । उनी हल्का रमाइलो टेलिसिरियलमा ‘बखते’ नामबाट दर्शकमाझ चर्चित भएका थिए ।

यस्तै उनले महानायक राजेश हमाल, गौरी मल्ललगायतको अभिनय रहेको ‘आफ्नो विरानो’ चलचित्रसमेत निर्माण गरेका थिए । स्व थापाका श्रीमती एक छोरा र एक छोरी छन् । स्व थापाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार लामिछानेले बताए ।

चर्चित निर्देशक प्रदिप भट्टराई दुखि

थापाको निधन पश्चात चर्चित निर्देशक प्रदिप भट्टराईले दुख व्यक्त गरेका छन्। भट्टराईले सामाजिक संजाल मार्फत थापाको निधन प्रति दुख व्यक्त गरेका छन्। काठमाडौँ आएपछि सबै भन्दा बढी संगत गरेको व्यक्तिले छाडेर जाँदा अत्यन्त एक्लो महसुस गरेको भट्टराईको भनाई छ।

“काठमाडौँ आएर मैले सबैभन्दा बढी संगत गरेको मेरो प्यारो दाइ शम्भु थापाले आज यो धर्ती छोड्नुभयो । दुख सुखमा साथ दिने मान्छेले छोडेर जादा एकदमै एक्लो महसुस गरिरहेकोछु 😢😢हजुरको सबैभन्दा सुन्दर अनि सुखद लोकमा बास होस्”,भट्टराईले फेसबुकमा लेखेका छन्।

प्रकाशित : शनिबार, भदौ ०५, २०७८१०:४४

लामो समयपछि ‘सुपर डांसर 4’ मा फर्किइन शिल्पा शेट्टी, चल्यो रुवाबासी!