काठमाडौँ – दर्ता प्रक्रियामा रहेको नेकपा एकीकृत (समाजवादी) पार्टीका एक नेताले नेकपा एमालेमा माधव कुमार नेपालको स्पष्ट बहुमत देखिएको दावी गरेका छन्।
नेकपा एकीकृत (समाजवादी) पार्टीका नेता राजेन्द्र राईले नेकपा एमालेमा माधव कुमार नेपालक्लो बहुमत बन्ने अवस्था विकसित हुँदै गएको दावी गरेका हुन्।
राईले सामाजिक संजाल मार्फत माधव नेपाल समूह नेकपा एमालेबाट बाहिरिएपछि एमालेमा जन्मिएको तेस्रो धार माधव नेपालसँग नजिक रहेको हुँदा एमालेमा माधव नेपालको बहुमत पुग्ने अवस्था रहेको दावी गरे।
“माधवपक्षीय एकता अभियानवाला ५७ रे, यता नयाँ पार्टी दर्तामा हस्ताक्षर गर्ने ५८, दुवै जोड्दा ११५, निर्वाचन आयोगमा दर्ता भएको एमाले केन्द्रीय सदस्य संख्या २०३, भनेपछि माधव पक्षको बहुमत देखियो ११५, चिन्ह र नाम त पाइने देखियो ।”,राईले फेसबुकमा लेखेका छन्।