मेस्सीको डेब्यु कहिले ? पोचेटिनोबाट आयो यस्तो जवाफ !

एजेन्सी – लियोनेल मेस्सीको पेरिस सेन्ट जर्मेन(पिएसजी) डेब्यु आउने खेलमा हुन सक्ने खुलासा भएको छ। पिएसजीका प्रशिक्षक मौरिसियो पोचेटिनो आफैंले मेस्सीको डेब्यु आउने खेलमा हुन सक्ने खुलासा गरेका हुन्।

नेयमार र लियोनेल मेस्सी बिनै शुक्रबार राति पिएसजीले फ्रेन्च लिग वानमा ब्रेस्टलाई ४–२ ले हराए। उक्त खेलमा एन्डर हेरेरा, केलियन एमबाप्पे, इड्रिसा गाना गुआई र एन्जल डि मारियाले गोल गरेका थिए।

खेल पश्चात आफ्नो भनाई राख्नेक्रममा पोचेटिनोले ईएसपीएनलाई मेस्सी आउने खेलमा पिएसजीको स्क्वाडमा पर्न सक्ने बताए। सबै कुरा राम्रो गएको खण्डमा मेस्सीले आउने खेलमा डेब्यु गर्न सकने पोचेटिनोको भनाई छ। पिएसजीले सिजनको चौंथो खेलमा रेइम्सको सामना गर्दैछ। खेल अगस्ट ३० मा हुनेछ।

“लियोका लागि यो हप्ता धेरै राम्रो रह्यो।”,पोचेटिनोले भने,”अर्को खेलको लागि लामो समय छ। सबै ठीक भयो भने, हामी आशा गर्दछौं कि उनी टोलीमा हुनेछन्।”

त्यस्तै पोचेटिनोले सन् २०२२ मा हुने विश्वकपका लागि अर्जेन्टिनी राष्ट्रिय टोलीसँग जोडिन चाहेको अवस्थामा मेस्सीलाई कुनै अवरोध नहुने पनि स्पष्ट पारे।

मेस्सी अर्जेन्टिनाको विश्वकप टोलीमा मेस्सी छनोट भएको खण्डमा प्रशिक्षणका लागि जानु पर्ने अवस्था आए आफूहरु मेस्सीको बाटोमा नउभिने पोचेटिनोको भनाई छ।

प्रकाशित : शनिबार, भदौ ०५, २०७८१७:०८

भावनाहरुको रोलरकोस्टरमा एम्बाप्पे र #FreeMbappe अभियान !