प्रचण्डलाई बिसञ्चो, घरमै थन्किए ! के भयो ?

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको स्वास्थ्यमा समस्या देखिएको छ। उनको निजी सचिवालयका अनुसार प्रचण्डलाई रुघाखोकी सँग-सँगै ज्वरो पनि आएको छ।

प्रचण्डकी छोरी गंगा दाहालले सामाजिक संजाल मार्फत प्रचण्डको स्वास्थ्य अवस्था बारे जानकारी गराएकी छन्। प्रचण्डलाई रुघाखोकी सँग-सँगै ज्वरो आएपनि कोरोना परिक्षण भने नेगेटिभ आएको दाहालको भनाई छ।

“‘देश विदेशबाट धेरै साथीहरुले अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यबारे बुझ्न खोज्नुभएको छ। अध्यक्षलाई सामान्य रुघा खोकी र ज्वरो आएको हो। कोभिड परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएसँगै अहिले अवस्था सामान्य छ।”,दाहालले फेसबुकमा लेखेकी छन्।

प्रकाशित : शनिबार, भदौ ०५, २०७८१७:५४

दुई हजार ७५ जना कोरोना सङ्क्रमित थपिए