हिन्दुहरुको महान पर्व पुर्णिमा, जनै पूर्णिमा तथा रक्षा बन्धन यस वर्ष अगस्ट महिनाको २२ तारिक अर्थात भदौ ६ को दिन परेको छ। रक्षाबन्धन आइतबार परेको हुँदा हरेक बहिनी आफ्ना दाजु-भाईको नाडी सजाउन राखीको तयारी सुरु गरिरहेका छन्। रक्षाबन्धनको दिन हरेक दिदि-बहिनीहरु आफ्ना दाजु-भाईको नाडीमा राखी बाधेर लामो आयुको कामना गर्छन् । यस्तैमा तपाईलाई बताउन गईरहेका छौ कि राशि अनुसार कस्तो रङको राखी भाको हातमा बाध्ने।
मेष- यदि तपाईको भाईको राशी मेष हो भने स्वामी मंगल हो । त्यसैले रातो रङको राखी बाध्नाले शुभ मानिन्छ। यसले उनको जीवनमा भरपूर ऊर्जा बन्छ।
वृष- यो राशि भएको मान्छेको स्वामी शुक्र हो । त्यसैले बहिनीले भाईलाई निलो रङको राखी लगाईदिएमा शुभ हुनेछ । यो भन्दा राम्रो परिणाम पनि मिल्छ।
मिथुन- यो राशिको स्वामी बुध हो । यस्तैमा तपाई चाहनुहुन्छ भने आफ्नो भाईलाई हरियो राखी बाध्न सक्नुहुन्छ। यसले सुख,समृद्धि र दीर्घायु हुन्छ ।
कर्क- यो राशिको स्वामी चंद्रमा हो । यस राशीको मान्छेको लागि पहेलो वा सेतो रङको राखी ठिक हुन्छ। यो रङबाट तपाईको जिन्दगीमा भरपुर खुशीयाली आउँछ।
सिंह- यो राशिको स्वामी सूर्य हो । त्यसैले आफ्नो भाईको लागि पहेलो – रातो रङको राखी किन्नुहोस्। उनको लागि सही हुनेछ।
कन्या- यो राशिको स्वामी बुध हो । भाईले बहिनीबाट हरियो रङको राखी बाध्नु सही हुन्छ। यसबाट सबै प्रकारको नकारात्मक टाढा हुन्छ। भाई-बहिनीको बीच प्रेम बढ्छ।
तुला- यो राशिको मान्छेको लागि नीलो वा सेतो रङको राखी बाध्नु राम्रो हुन्छ। यो राशीको स्वामी शुक्र हो ।
वृश्चिक- यस राशिको भाईलाई आफ्नो बहिनीको तर्फबाट गुलाबी रङको राखी बाध्नु राम्रो हुन्छ।
धनु- यो राशिको स्वामी बृहस्पति हो, यस्तो मान्छेलाई पहेलो रङको राखी बाध्नु राम्रो हुन्छ।
मकर- यो राशिको स्वामी शनिदेव हो । उहाँलाई न्यायको देवता भनिन्छ । बहिनीले आफ्नो दाजुभाईलाई निलो रङको राखी बाध्नु राम्रो हुन्छ।
कुम्भ- यो राशिको स्वामी शनि हुन्। त्यसैले रक्षाबन्धनमा गाढा हरियो रङ र रूद्राक्षको माला लगाउदा राम्रो हुन्छ ।
मीन- यो राशिको मान्छेको लागि हरियो रङको राखी किन्दा राम्रो हुन्छ। यस्तो मान्छेको लागि पहेलो रङ पनि शुभ मानिन्छ।