प्राय: मानिसले आफ्नो खुट्टामा कालो धागो लगाउने गर्छन । कसैलाई नराम्रो नजर वा शक्तिले दुख दिएमा कालो धागी बाध्ने सल्लाह दिइन्छ । तर हरेकको लागि कालो धागो लगाउनु राम्रो हो? कालो धागोले नराम्रो शक्तिलाई मात्र नभई नराम्रो नजरबाट पनि बचाउछ ।
ज्योतिष शास्त्र अनुसार १२ राशिमा यस्तो २ राशी छ, जसले कालो धागो बाध्नु राम्रो मानिदैन । यी दुई राशिमा एक राशि हो मेष र अर्को भने वृश्चिक । वास्तवमा यी दुई राशीको अधिपति मंगल हो र मंगललाई कालो रङ मन पर्दैन । मंगल ग्रहको प्रिय रङ रातो हो । यो सेना, भूमि, युद्ध र सैन्य शक्तिको कारक हो।
वैदिक ज्योतिष अनुसार मेष र वृश्चिक राशि हुने मानिसले यदि कालो धागो बाधे भने उनीहरुको जीवनमा समस्या मात्र आउनेछ। व्यक्ति निर्णय लिनमा असहज अनुभव गर्नेछन्। कालो धागो लगाउनाले यी राशिको व्यक्तिले बेचैनी अनुभव गर्नेछन्। यो उनीहरुको जीवनमा असफलताको कारण बन्न सक्छ।
तुला, मकर र कुम्भ राशिको लागि कालो धागो निकै शुभ रहेको छ। तुला शनिको उच्च राशी हो। मकर र कुम्भको मालिक शनि हो। यी राशीले कालो धागो लगाउनाले रोजगारमा फाइदा हुन्छ। कालो धागो लगाउनाले दरिद्रता टाढा जानेछ।