बाइकको पांग्रामा रेनकोट बेरिदा राईको मृत्यु!

सांकेतिक तस्विर

सोलुखुम्बु जिल्लाको माप्यदूधकोसी गाउँपालिका २ का ३० वर्षीय  सुमन राईको रेनकोटले ज्यान लिएको छ । घरबाट सल्लेरीतर्फ निस्कने क्रममा पानि परेपछि ओतका लागि उनले रेनकोट ओढेका थिए। तर रेनकोटले उनको बीच बाटोमै ज्यान लियो ।

घरबाट बा ५४ प ७८२९ नम्बरको २ सय २० सीसीकाे पल्सर मोटरसाइकलमा निस्किएका राइ दियाले सडकखण्ड अन्तर्गत वडा नम्बर ५ कागतेमा पुगेपछि उनले ओढेको रेनकोट पछाडिको टायरमा बेरियो । बाइकको पांग्रामा रेनकोट बेरिएको केही समयमै सुमन भुईमा ढले र  घाँटीमा रेनकोट पासो लाग्दा उनको घटनास्थलमै ज्यान गयाे ।

प्रहरीका अनुसार राइको घाटीमा रेनकोटले बेरिएको दाग देखिएको छ।  तर  शरीरका अन्य भागमा भने चोट देखिएको छैन ।

प्रकाशित : आइतबार, भदौ ०६, २०७८१५:१८

मनाइयो जनैपूर्णिमा (ऋषि तर्पणी), रक्षाबन्धन !