९४ औं मिनेटमा रोनाल्डोले गोल गरे: जर्सी खोलेर सेलिब्रेसन गरे, अनि गोल अफसाइड ठहरियो [भिडियो सहित]

गयराती भएको सरी-ए पहिलो चरणको खेलमा युभेन्टसले उडिनेसेसँग २-२ गोलको बराबरी खेलेको छ। खेलमा २-० को अग्रता लिएको युभेन्टसके उक्त अग्रता जोगाउन नसक्दा २-२ को बराबरीमा रोकियो।

रोमान्चक बनेको खेलको अन्तिम समय झनै रोमान्चक बन्न पुग्यो। खेल २-२ को बराबरी रहेको स्थितिमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले ९४ औं मिनेटमा उत्कृष्ट हेडर गोल गरे। जसपछि उनले आफ्नो जर्सी नै फुकालेर गोल सेलिब्रेट गरेका थिए। तर रोनाल्डोले आफ्नो जर्सी फुकालेर गोल सकिब्रेट गरेको केहि क्षण पछि नै उनको गोल भीएआरले खारेज गरिदियो। रोनाल्डोको उत्कृष्ट हेडर गोललाई भीएआरले अफ-साइड तुल्य गरिदियो। जसपछि खेल बराबरी मै टुंगियो।

डासिया एरिना उडिनमा आइतबार राति भएको खेलमा युभेन्ट्सका पाउलो डिबाला र जुआन कोर्डाडाले गोल गर्दा घरेलु टोलीका रोबर्टाे पेरेरा र जेरार्ड डिलोफिउले बराबरी गोल फर्काए । खेलको पाँचौ मिनेटमा नै पाउलो डिबालाको गोलबाट युभेन्ट्सले अग्रता लिएको थियो । उनले रोड्रिगो बेन्टानकरको पासमा गोल गरेका थिए ।

२३औं मिनेटमा जुआन कोर्डाडाले डिबालाको पासमा गोल गरेपछि युभेन्ट्सले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । तर दोस्रो हाफमा युभेन्ट्सले उक्त अग्रतालाई जोगाउन सकेन । ५१औं मिनेटमा रोबर्टाे पेरेराले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोल उडिनेसलाई खेलमा फर्काउने संकेत दिए ।

आर्सलानलको पहिलो प्रहारलाई राम्ररी नियनत्रणमा लिन नसक्दा दोस्रो प्रयास गर्दा गोलरक्षक वजनिएस सिजेस्नीले आर्सलानललाई पेनाल्टी बक्समा आर्सलानलाई गोलरक्षक वजनिएस सिजेस्नीले फल गरेपछि उडिनेसले पेनाल्टीको मौका पाएको थियो । ८३औं मिनेटमा गोलरक्षक सिजेस्नीको गल्तीमा जेरार्ड डिलोफिउले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । उनले स्टेफानो ओकाका चुकाको पासमा गोल गरेका थिए ।

प्रकाशित : सोमबार, भदौ ०७, २०७८०९:१६

मेस्सीलाई अर्जेन्टिनाबाट खेल्न दिइने !