दीपाश्रीको जन्मदिममा दीपकले लेखे- “मेरो एउटा साथी छिन्, सबैभन्दा माथी छिन्”

photo: deepak raaj giree facebook

नेपाली हाँस्यव्यंग्य तथा चलचित्र क्षेत्रकी एक सफल कलाकार हुन् दीपाश्री निरौला। हाँस्य टेलीशृंखला ‘तितो सत्य’ बाट दर्शक माझ निकै प्रिय बन्न सफल दीपा अहिले विशेषगरी चलचित्र तथा चलचित्र निर्देशन तर्फ धेरै सक्रिय देखिन्छिन्। उनी नेपाली चलचित्र जगत कै सबैभन्दा धेरै कमाई गर्ने ‘छक्कापन्जा’ कि निर्देशक पनि हुन्। सन् १९७५ मा जन्मिएकी दीपा आजबाट ४६ वर्षकी लागेकी छिन्।

दर्शक माझ आफ्नो अभिनयको छाप छाड्न सफल दीपा र दीपकराज गिरीको जोडी निकै प्रिय रहेको छ। यी दुईको जोडी दर्शकहरुले निकै रुचाएका छन्। यस्तोमा, दीपाको जन्मदिनको अवसरमा दीपकले उनलाई निकै प्रिय शुभकामना दिएका छन्। दीपकले सामाजिक सञ्जाल फेसबुकमा एउटा लामो स्ट्याटस लेख्दै दीपालाई जन्मदिनको अनगिन्ति शुभकामना दिएका छन्।

अभिनय क्षेत्रमा आफ्नो ३० वर्षीय यात्रालाई सम्झिँदै कसरी दीपाले आफ्नो हरेक पाइलामा साथ दिएको बारेमा उल्लेख गर्दै दीपकले आफूले भगवानसँग सफलताको वरदान माग्दा दीपा जस्तो असल साथी दिएको बताएका छन्।

दीपाको जन्मदिनको अवसरमा दीपकले फेसबुकमा लेखेको स्ट्याटस यस्तो छ:

३० बर्ष अघिको कुरा हो
म हरेक दिन रेडियो नेपाल जान्थे, नाटक खेल्न
खुट्टामा चप्पल हुन्थ्यो , शरिरमा झुत्रे लुगा
तर ऑखामा मिठो सपना थियो
मिहेनत धेरै गरे , संघर्ष धेरै भयो ,तर सफलता अझै टाढा थियो
हरेक दिन संघर्ष संगै इश्वर संग प्राथना गरिरहन्थे
न मेहनत काम लागिरहेको थियो , न प्रार्थना !
त्यहि समय रेडियो नेपालमा एकदिन उनि संग मेरो भेट भयो
त्यो भेट बिस्तारै सहकार्यमा बदलियो,
“राम बिलास धनियॉ “ ५ बर्ष , “ तीतो सत्य”१२ बर्ष
बिभिन्न चलचित्रहरू १० बर्ष गर्दै आज म यॉहा आइपुगेको छू
मैले इश्वर संग धेरै गुनासो गरेको थिए, सफलता मागेको थिए
तर इश्वरले आशीर्वादको रूपमा कतिबेला उनिलाइ मेरो साथि बनाएर पठाएछन् पत्तै भएन !!!
उनि एउटा यस्तो साथि ,जो अरूको खुशिका लागि आफ्नो खुशि त्यागिदिन्छ ,जो अरूको सपना पूरा गर्न आफ्ना सपनाहरू लाइ पिन्जडामा थुन्न सक्छ!!!
अरूकै लागि हॉस्न सक्ने,अरूकै लागि बॉच्न सक्ने
कसैको ऑशु देख्नै नसक्ने , मुख अलि छुच्चो तर मन सारै कमलो
जस्ले जे भनोस उनि संसार कै सबैभन्दा जाती छिन्
मेरो एउटा साथि छिन् !!!
जो सबैभन्दा माथि छिन् !!!
तिमिलाइ जन्मदिनको लाखौ, करौडौ, अरबौ, खरबौ शुभकामना
प्रिय साथि दीपा!!

प्रकाशित : सोमबार, भदौ ०७, २०७८०९:५४

होटलमा काम गरेर गुजारा चलाउथिन् यी अभिनेत्री ,यसरी पाईन् पहिलो फिल्म !