गयराती उडिनेसे विरुद्धको खेलमा क्रिस्टियानो रोनाल्डो सुरुवाती ११ मा नदेखिनुको कारण खुलासा भएको छ। २-२ को बराबरीमा सकिएको खेलमा ६० मिनेटपछि मात्र रोनाल्डो मैदान छिरेका थिए।
फित र उपलब्ध भएता पनि सुरुवाती ११ मा नपर्नुको मुख्य कारण रोनाल्डो स्वयम् ले प्रशिक्षक एलेग्रीलाई यस्तो प्रस्ताव राखेका थिए। यस्तोमा फाब्रीजियो रोमानोका अनुसार युभेन्टसले रोनाल्डो ट्रान्सफरका लागि कुनै पनि अफर प्राप्त नगरेता पनि रोनाल्डो भने युभे छाड्ने प्रयासमा निरन्तर लागी परेका छन्। ट्रान्सफर विन्डो बन्द हुनु आघि आफ्नो भविष्यको बारे सबै कुरा समाधान गर्नको लागि रोनाल्डो आफैंले आफूलाई सुरुवाती ११ मा नउतार्न आग्रह गरेका थिए।
Cristiano Ronaldo will be on the bench for Udinese-Juventus. Official. 🚨🇵🇹 #Ronaldo
He’s NOT starting – it was a precise request from Cristiano because he hopes to find a solution on the market in the next days.
But Juventus have received NO official bids yet for Cristiano. pic.twitter.com/sQ0z3rO1Bk
— Fabrizio Romano (@FabrizioRomano) August 22, 2021
क्लबमा रोनाल्डोको भविष्य बारे अनेक चर्चा चलिरहँदा युभे उपाध्यक्ष पाभेल नेडभेडले भने रोनाल्डो सुरुवाती ११ मा नपर्नु क्लबमा भविष्यको बारेमा नभएर फिटनेसको कारण भएको बताएका छन्। उनले यो सिजन रोनाल्डोले कुनै पनि हालतमा युभेन्टस नछाड्ने पनि दाबी गरेका छन्। डीएजेडएनसँग कुरा गर्दै २००३ ब्यालुन डी ओर विजेताले भने,”हामीले हुँदै नभएको कुरा बनाउनु हुँदैन। यो खेलाडी तथा सबैको निर्णय हो। सिजनको सुरुवात छ, रोनाल्डो टप फिट छैनन्।”
उनले रोनाल्डो यो सिजन युभेन्टस मै बस्ने कुरा आफूले पुष्टि गर्न सक्ने पनि बताएका छन्।