काठमाडौँ – झापामा एकै घरका तीन जना झुन्डिएको अवस्थामा फेला परेका छन्। झापा कनकाई नगरपालिका १ सिर्जना टोलमा एकै परिवारका तीन जना झुन्डिएको अवस्थामा फेला परेका हुन।
झुन्डिएको अवस्थामा फेला पर्नेहरुमा ३४ वर्षीय रविन विश्वकर्मा, ८ महिने छोरी रुविना विश्वकर्मा र २८ वर्षीय मुना विक रहेका छन्। आमा छोरी एउटा पासोमा र बाबु अर्को पासोमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
झुन्डिएको अवस्थामा तीनै जनालाई सबै भन्दा पहिला नजिकै घर भएकी काकीले देखेको बताइएको छ। बिहान ढिला सम्म नउठेपछि मृत भेटिनेहरुकी काकी बोलाउन गएकी थिइन्। झ्यालबाट हेर्दा तीनै जना झुन्डिएको देखेरपछि आफूहरुलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।