मानुषी लघुवित्तको आइपीओ: २३ लाखको हात खाली, ३ भाग्यमानीले पाए ११ कित्ता!

काठमाडौँ – मानुषी लघुवित्त वित्तीय संस्थाको आइपिओ सोमबार बिहान बाँडफाँड भएको छ। साथै  आइपिओको नतिजा हेर्न अनलाइनमा उपलब्ध भैसकेको छ । आइपिओ बाँडफाँडको नतिजा सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइटमा उपलब्ध भएको हो। सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइटमा गएर नतिजा हेर्न सकिनेछ।

आइपिओ बाँडफाँड हुँदा ३६ हजार ८ सय ५६ जनाले १० कित्ताका दरले शेयर पाएका छन् भने भाग्यमानी ३ जनाले ११ कित्ताका दरले आइपिओ पाएका छन्।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० लाख कित्ता साधारण शेयर निष्कासनमा ल्याएको थियो । त्यसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीलाई र १९ हजार ६८८ कित्ता सामूहिक लगानीका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।

आइपिओका लागि लागि २४ लाख ३ हजार ५५ जना आवेदक दिएका थिए। तर त्यस मध्ये २३ लाख ५४ हजार ७ सय ८४ जनाको आवेदन मात्रै प्रमाणीकरण भएको थियो। ३६ हजार ८ सय ५९ जनाले शेयर पाए पनि २३ लाख १७ हजार ९ सय २५ जनाको हात रित्तो भएको छ।

आइपिओको नतिजा मेरोशेयर, सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइटबाट हेर्न सकिनेछ ।

प्रकाशित : सोमबार, भदौ ०७, २०७८११:३५

आठ करोड बराबरको आइपिओ खुला, कति कित्ता भर्ने ?