एजेन्सी – ज्योतिष विज्ञानका अनुसार बुध बुद्धि, तर्क, संवाद, गणित, चतुरता र मित्रताको कारक ग्रह हो। सूर्य र शुक्र, बुधका मित्र ग्रह हुन् भने चन्द्र र मंगल यसका शत्रु ग्रह हुन्।
मिथुन र कन्या राशिको स्वामी रहेको बुधले अगस्ट महिनामा दोस्रो पटक राशि परिवर्तन गर्दैछ। केहि हप्ता अगाडी मात्र राशि परिवर्तन गरेको बुधले अगस्ट २६ मा राशि परिवर्तन गर्न लागेको हो।
अगस्ट २६ बिहान ११ बजेर २४ मिनेट पछि बुध ग्रह कन्या राशिमा प्रवेश गर्नेछ। हाल कन्या राशिमा शुक्र ग्रह छ। बुध र शुक्र ग्रहको भेट हुँदा विभिन्न राशिको भाग्यमा परिवर्तन हुनेछ। ज्योतिषीहरुका अनुसार बुधको राशि परिवर्तनले निम्न २ राशिलाई सबै भन्दा बढी नकारात्मक असर पुर्याउनेछ।
मेष राशि
बुधको राशि परिवर्तन मेष राशि हुनेहरुका लागि खासै राम्रो रहने देखिँदैन। बुधको राशि परिवर्तनसँगै जीवनमा विभिन्न समस्या उत्पन्न हुनेछन् भने चलिरहेका कार्यमा पनि रुकावट आउनेछ। आर्थिक रुपमा नयाँ-नयाँ समस्या उत्पन्न हुनेछन्। साझेदारी टुट्न सक्छ। परिवारमा अपनी सोचेजस्तो माहोल नरहला। सके सम्म आर्थिक लेनदेन नगर्नुहोला। नयाँ कार्य थालनीमा रुकावट आउला। कबुल गरिएका सहयोग प्राप्त नहुँदा चिन्ता बढ्नेछ।
कुम्भ राशि
बुधको राशि परिवर्तनसँगै शत्रु सक्रिय भएका जानेछन्। आफ्नै भनिएकाहरुबाट धोका हुनेछ। सकेसम्म आफ्ना योजनाहरु अरुलाई नसुनाएकी उचित होला। बुधको राशि परिवर्तन पश्चात निर्णय क्षमतामा ह्रास आउन सक्ने देखिन्छ। कानुनी रुपमा पनि समय आइपर्न सक्ने देखिन्छ। परिस्थित आफू अनुकुल नहुँदा विचल्लित भइनेछ। सामान्य काममा पनि बढी अलमल हुनेछ। सामाजिक दायित्व पूरा गर्न नसक्दा लज्जित हुनुपर्ने अवस्था औला।