छोरीसंग फेरी अस्पताल पुगे अमिताभ बच्चन, फ्यानहरु भए चिन्तित!

बलिउडका महानायक अमिताभ बच्चनको फ्यान फलोइंग एकदमै धेरै रहेको छ। अमिताभका  फ्यानहरु उनि  र उनका परिवारबारे जोडिएको खबर जान्न निकै आतुर हुन्छन् । यसै क्रममा महानायक बच्चनको एक तस्विरले उनका फ्यानहरुलाई चिन्तित बनाएको छ।

हालै सामाजिक संजालमा अमिताभको केहि तस्विर पोष्ट  भएको  छ । जसमा उनि आफ्नी छोरी नवेली नंदासंग मुंबईस्थित  लीलावती अस्पतालमा देखिएका छन् ।  अमिताभ  अस्पतालमा पुगेको तस्विर अहिले सामाजिक संजालमा भाइरल भएको छ।

७८ वर्षीय अमिताभ अस्पतालमा कोरोनाको खोप लगाउन गएका हुन या स्वास्थ्य परिक्षणको लागि त्यो भने खुलेको छैन ।  उनको तस्वीर  भाइरल भयानीको इन्स्टाग्राममा सार्वजनिक भएको थियो।

करोडौ फ्यान फलोअर्स रहेका अमिताभ पछिल्लो समय अस्पताल पुगिरहन्छन्। त्यसैले पनि उनका फ्यानहरु आत्तिने गर्छन।

प्रकाशित : सोमबार, भदौ ०७, २०७८१४:१८

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५ महिना यताकै कम !