भाजपा नेतासँग ओलीको भेटवार्ता !

काठमाडौँ – भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बीच भेट वार्ता भएको छ। भाजपा विदेश विभाग प्रमुख डा.विजय चौथाइवाले र ओली बीच सोमबार बालकोटस्थित ओली निवासमा भेटघाट भएको हो।

नेपाल भ्रमणमा रहेका चौथाइवाले सोमबार बिहान ओली निवास बालकोट पुगेर भेटवार्ता गरेको बताइएको छ। दुई बीच नेपाल-भारत सम्बन्धलाई लिएर छलफल भएको बालकोट निकट श्रोतले जनाएको छ।

चौथाइवालेले ओलीसँगको भेट बारे आफैं पनि पुष्टि गरेका छन्। एक ट्वीट गर्दै चौथाइवालेले ओली र आफू बीच नेपाल–भारत सम्बन्धलाई अझ अघि बढाउन के कसो गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर छलफल भएको बताए।

प्रकाशित : सोमबार, भदौ ०७, २०७८१४:४१

एक साता मनसुन सक्रिय रहनेः भारी वर्षाको सम्भावना !