सांसद र नेतालाई राख्न माधव नेपालले चन्द्रागिरि हिल्स रिसोर्ट बुक गरे, आजै देखि बस्न पुगे !

काठमाडौँ – नयाँ पार्टीका लागि निर्वाचन आयोगमा निवेदन दिएका पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्ट बुक गरेका छन्।

नेकपा (एकीकृत समाजवादी) दर्ताको प्रक्रियामा रहेका माधव नेपालले आफू पक्षका नेताहरुलाई राख्नको लागि चन्द्रागिरि हिल्स रिसोर्ट बुक गरेका हुन्। बुधबार नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न माधव नेपाल पक्षलाई बोलाएको छ। सो समय सम्म नेताहरु यता उता नहुन् भनेर उनले रिसोर्ट ब्नुक गरेको बताइएको छ।

नेता नेपाल सोमबार चन्द्रागिरि रिसोर्ट पुगिसकेका छन्। नेपालसँगै उनी निकट सांसद र केन्द्रीय सदस्यहरु पनि चन्द्रागिरि रिसोर्ट गएका छन्। प्राप्त खबर अनुसार नेपालले रिसोर्टमा १०० कोठा बुक गरेका छन्। रिसोर्टमा नयाँ पार्टी दर्ताका लागि समर्थन गरेका केन्द्रीय सदस्य सांसदहरू बीच छलफल समेत हुने बताइन्छ।

राष्ट्रपतिसँग भेट

नेता नेपालले सोमबार शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता पनि गरेका छन्। पछिल्लो पटक नेपालले वैशाख २३ गते राष्ट्रपतिलाई भेटेका थिए। त्यसयता उनले राष्ट्रपतिलाई भेटेका थिएनन्। नयाँ पार्टी दर्ताको प्रक्रियामा रहेका नेपाल र राष्ट्रपति बीच के कुराकानी भयो भन्ने बारे भने केहि जानकारी बाहिर आएको छैन।

प्रकाशित : सोमबार, भदौ ०७, २०७८१७:५५

टिकटक स्टार स्मारिका ढकालको सम्बन्ध विच्छेद, यसो भन्छन पति विवेक!