काठमाडौँ, यदि तपाई सुत्ने बेलामा पेट थिचेर सुत्नहुन्छ भने यो बानीलाई आजै बाट छेड्नुहोस् । यस्तो बानीले गर्दा ज्यान जान सक्ने सम्भावना बढी छ । पेटको बल गरेर सुत्ने गर्नाले मिर्गी बाट ग्रस्त रागीहरुको लागि खतरनाक रहेको छ । यस्तो समस्याबाट शिशुहरुमा आकस्मिक मृ-त्युको कारण पनि बन्न सक्ने हालै गरिएको एक अनुसन्धानबाट पत्ता लागेको छ ।
मिर्गी मस्तिष्क सम्बन्धी रोग भएका ब्यक्तिहरु पेट थिचेर सुत्ने भएकाले इलिनोइसमा शिकागो विश्वविद्यालयका जेम्स ताओले बताए । यस्तो समस्याबाट विश्वभर करिब पाँच करोड मानिसहरु पिडित रहेका छन् ।
पेट थिचेर सुत्ने र अनियन्त्रित मिर्गीको कारण आकस्मिक मृ-त्यु हुने देखिएको छ । २५३ आकस्मिक निधनको समिक्षा गर्ने क्रममा यस्तो बानीको कारण मृ-त्यु भएको देखिएको थियो ।
पेटको बलको कारण ७३ प्रतिशत मानिसको मृ-त्यु भएको जबकी ती मध्ये २७ प्रतिशत मानिस को सुत्ने स्थिती फरक थियो । शिशुहरुमा मात्र नभएर यस्तो समस्या बयस्कहरुमा पनि देखिएको थियो ।
विशेष रुपमा यस्तो हुने भनेको दोराको क्रममा हो । यस्तो खतराबाट जोगिनको लागि कम्मरको बल गरेर सुत्नु नै एक महत्वपूर्ण कारण रहेको अनुसन्धान कर्ताहरुले बताएका छन् ।