काठमाडौँ, शरिर मोटो र भद्दा भएर तपाई निकै चिन्तामा हुनुहुन्छ ? कसरी घटाउने होला भनेर सोच्दै हुनुहुन्छ भने अब चिन्ता मान्नु पर्दैन् । आज हामी तपाईलाई सजिलै शरिरको मटोपना घटाउने उपाय बारे जानकारी दिन गइरहेका छौँ । स्वास्थ्याको लागि पुदिना निकै फाइदाजनक हुन्छ ।
पुदिनाको प्रयोग गर्नाले तपाईलाई थुप्रै कामको लागि सहयोग पुर्याउँछ । खाना पचाउने, शरिरको तौल घटाउने देखि लिएर पुदिनाले अन्य थुप्रै कामहरु गर्ने गर्छ । यदि तपाई तौल घटाउन चाहनुहुन्छ भने पुदिनाको प्रयोग गर्न सक्नुहुनेछ । आज हामी तपाईलाई पुदिनाको चिया कसरी बनाउने भन्ने बारे जानकारी दिन गइरहेका छौँ ।
तातो पानीमा २ चम्चा पुदिनाको पात हाल्ने । त्यसलाई १५ मिनेटसम्म उमाल्ने ।उम्लिएपछि त्यसको स्वाद अनुसार मह हाल्ने र चियाको स्वाद लिने ।
यी हुन पुदिनाको चिया पिउँदा हुने फाइदा
१.पुदिनाको चियाले पेट सफ गर्नुको साथै शरीरमा प्राकृतिक तरिकाले शरीरका मासंपेशी चल्ने भएकाले तौल कम गर्ने मद्दत गर्छ ।
२.पुदिनाका बास्नाले भोक नियन्त्रण गर्छ । राती खान खाइसकेपछि पुदिनाको चिया खाएपछि मिठाई खान मन लाग्दैन ।
३.पुदिनाले शरिरमा रहेको सुगरको मात्रालाई सन्तुलित राख्न मद्दत गर्छ । गुलियो खानेकुरा खाने इच्छा पनि कम गर्छ ।