बलिउड अभिनेता शाहरुख खान र उनकी पत्नी गौरी खानलाइ इंडस्ट्रीकै सबैभन्दा राम्रो जोडीहरुमा गनिन्छ। यी दुईबीच राम्रो बोन्डिंग र समझदार छन्। यसैकारण पनि यी दुईको कहिल्यै पनि गसिप र विवाद आउदैन । तर गौरी आफ्नो पतिको सबैभन्दा ठूलो आलोचक पनि हुन्।
यस कुराको खुलासा एक टक शोमा भएको थियो। शाहरुखको खराब फिल्मको बारेमा कुरा गर्दै गौरीले भनिन् कि ‘शक्ति: द पावर’ उनको पतिको सबैभन्दा खराब फिल्म थियो।
वास्तवमा, गौरी खान एक पटक करण जोहरको टक शो ‘कफी विद करण’ मा भाग लिन गएकी थिइन्। यस शोमा गौरीले भनेकी थिइन, ‘मलाई लाग्दैन कि म धेरै समीक्षा गर्छु। मेरो मतलब यो हो कि यदि उनी कुनै फिल्ममा उ नराम्रो देखिन्छन भने मैले उनको प्रशंसा गर्न जरूरी छैन यदि उनी नराम्रो भए पनि। यदि उसले नराम्रो काम गरेका छन भने त्यो स्वीकार गर्नु पर्छ। यदि उनले ओवरएक्टिंग या राम्रो गरेको छैन भने एक दर्शकको रुपमा मैले उनलाई भन्नु उसलाई भन्नुपर्छ।’
करण जोहरले गौरीको यो कुरा सुनेर भने, ‘यस्ता फिल्महरुको नाम दिनुहोस जसको बारेमा तपाइले आफ्नो पति शाहरुखलाई यी फिल्महरु राम्रो थिएन भनेर भनेको।’ यसको जवाफमा गौरीले जवाफ दिईन, ‘उनको पछिल्लो फिल्महरु धेरै राम्रो थियो। मैले उनको धेरै नराम्रो फिल्म देखेको छैन र याद पनि छैन।’
त्यसपछि करणले शाहरुखको २००२ मा आएको फिल्म ‘शक्ति: द पावर’ को नाम लिएका थिए। जसमा शाहरुखको साथमा करिश्मा कपुर थिइन्। यसको जवाफमा गौरीले भनिन, ‘त्यो त निकै असहनीय थियो। यसमा उसको एक्टिंग सबैभन्दा नराम्रो थियो।
गौरीले यस शोमा भनेकी थिइन कि उनि आफ्नो पतिको आलोचना यसकारण पनि गर्छिन जुन अरु कसैले गर्दैन।