बार्सिलोनाका लागि टाउको दुखाई बन्दै उमटिटी, बार्सिलोना छाड्न मानेनन् !

एजेन्सी – क्याटलान क्लब बार्सिलोना अहिले ठूलो समस्यामा छ। कोरोना भाइरस महामारीले बार्सिलोनालाई पार्न सम्म समस्यामा पारेको छ। कोरोना महामारीले बार्सिलोनालाई सबै भन्दा बढी आर्थिक रुपमा असर परेको छ। हालको अवस्थामा बार्सिलोना सक्दो पारिश्रमिक कटौती गर्ने पक्षमा छ। उसले विभिन्न खेलाडीहरुलाई पारिश्रमिक घटाउन आग्रह गरिरहेको छ भने केहि खेलाडीहरुलाई बिक्री गर्न निरन्तर तयारी गरिरहेको छ।

गएको केहि समय देखि बार्सिलोना शमूएल उमटिटी देखि छुटकारा पाउने प्रयासमा छ। उमटिटीलाई अन्य क्लब पठाउएर पारिश्रामिकको भार कम गराउने बार्सिलोनाको योजना छ। तर, उमटिटीले बार्सिलोना छाड्न मानिरहेका छैनन्।

उमटिटी बार्सिलोनाको प्रथम टोलीमा पर्न सकिरहेका छन्। गएको सिजन देखि नै उमटिटी बार्सिलोनाका लागि टाउको दुखाई बनिरहेका छन्। अन्यत्र पठाउने बार्सिलोनाको हरेक प्रस्ताव उनले अस्विकार गर्दै आएका छन्।

बार्सिलोनाले उमटिटीका एजेन्टहरुसँग पनि कुराकानी गरेको थियो। त्यसक्रममा दुई पक्ष बीच उमटिटीलाई कहाँ व्यवस्थापन गर्न सकिन्छ भन्ने छलफल भएको थियो। एजेन्टहरुसँगको छलफल पश्चात उमटिटी यहि समरमा अन्यत्र जान सक्ने सम्भावना बढेको थियो। तर, उमटिटीले भने बार्सिलोना छाड्न अस्विकार गरेका छन्।

बताइएअनुसार, बार्सिलोनाले राखेका सम्पूर्ण प्रस्ताव उमटिटीले अस्विकार गरिदिएका छन्। उनले आफू बार्सिलोना छाडेर अन्यत्र कतै नजाने स्पष्ट रुपमा बार्सिलोनाका अधिकारीहरुलाई बताएका छन्।

एक सिजनमा कति कमाउँछन् ?

आर्थिक समस्याले जेलिएको बार्सिलोनालाई उमटिटीको पारिश्रमिकले समस्या पारिरहेको छ। मूख्य टोलीमा पर्न संघर्ष गरिरहेका उनले वार्षिक ८ देखि ९ मिलियन यूरो सम्म कमाउँदै आएका छन्। बार्सिलोनामा उनको सम्झौता अझै २ वर्ष बाँकी छ। सन् २०२३ मा मात्र उनको सम्झौता सकिने छ।

प्रकाशित : मङ्गलबार, भदौ ०८, २०७८११:०१

स्टार क्रिकेटर सन्दीप भन्छन्-“देश सबैभन्दा पहिला आउँछ अनि मात्र अन्य लिग”