काठमाडौँ – प्रस्तावित नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीका संयोजक माधवकुमार नेपालले आफूहरुलाई केपी शर्मा ओलीले घर न घाटको बनाउन खोजेको आरोप लगाएका छन्।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टी बनाउने क्रममा रहेका नेता नेपालले मंगलबार पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा नेपालले आफूलाई ओलीले घर न घाटको बनाउन बनाउन खोजेको आरोप लगाएका हुन्।
आफूहरु सहितका नेताहरुलाई घर न घाटको बनाउन ओलीले षड्यन्त्र रचेपछि नयाँ पार्टी गठन गर्न आफूहरु बाध्य भएको नेता नेपालले बताए। ओलीको एकलौटी विरुद्ध लडेका आफूहरुले नयाँ पार्टी खोल्ने निर्णय गरेको उनले सुनाए।
“घर न घाटको हुने अवस्था देखिएपछि नयाँ पार्टी बनाउने विषयमा छलफल भयो, केही सहमत हुनुभयो, केहीले भने पार्टी तत्काल नफुटाउँ भन्ने कुरा रह्यो, केहीको तुरुन्त पार्टी खोलौं भन्ने आवाज थियो ।”,उनले भने।
एमाले विभाजन हुनुमा अध्यक्ष केपी शर्मा ओली मुख्य जिम्मेवार भएको पनि नेपालले बताए। नेता नेपालले भने,”ओलीकै कारण पार्टी विभाजन हुनुपर्यो, ओलीले राजनीतिक र वैचारिक रूपमा समेत पार्टी एकलौटी गर्न थालेपछि नेकपा (एकिकृत समाजवादी) गठन गर्न बाध्य भएका हौं।”
नयाँ पार्टी गठन गर्नको लागि आफूहरुसँग केन्द्रीय समिति र संसद दुबैमा २० प्रतिशतभन्दा बढी सदस्य रहेको माधव नेपालले दावी गरे।