राशि अनुसार हरेक राशिका व्यक्तिको स्वभाव एक-अर्कासँग फरक फरक हुने गर्छ। प्रेमको मामिलामा पनि हरेक राशिका मानिसको स्वभाव फरक हुने गर्छ। त्यसै कारण पनि हरेक व्यक्तिले आफ्नो प्रेमी-प्रेमिका रोज्दा यसको बारेमा पनि ख्याल गर्नुपर्छ।
केहि यस्ता राशि पनि छन् जुन राशिको प्रेम केहि राशिका मानिससँग निकै सफल हुने गर्छ। यी राशिका जोडी कहिल्यै छुट्दैन। आज हामी तपाईंलाई यी राशिका बारेमा बताउँछौं जुन राशि बीचको प्रेम सम्बन्ध अटुट हुन्छ….
मिथुन-तुला राशि
मिथुन राशि तथा तुला राशिका मानिसको मानसिक तथा भावनात्मक रुपले समान हुने गर्छन्। त्यसैले पनि यी दुई राशिका मानिसको जोडी सफल हुन्छ।
सिंह-तुला राशि
यी दुबै राशिका मानिस सामाजिक क्षेत्रमा निकै सक्रिय रहने तथा रुची देखाउने किसिमका हुन्छन्। सिंह र तुला राशिका मानिस बीचको प्रेम निकै सफल हुन्छ।
मेष-कुम्भ राशि
यी दुई राशिका मानिस एक-अर्काप्रति आकर्षित हुने गर्छन्। यी राशिका मानिसले कहिल्यै पनि एक-अर्काको साथ छाड्दैनन्।
वृष-वृश्चिक राशि
यी दुई राशि भएका व्यक्तिका बीचमा कुनै पनि विषयमा मदभेद हुँदैन। यी मानिस एक-अर्काको निर्णयको सम्मान गर्ने गर्दछन्।
वृष-कन्या राशि
यी दुई राशिका मानिस घर परिवार र स्थितरतामा विश्वास गर्ने गर्छन्। त्यसैले पनि यी दुई राशिका जोडी एक अर्कालाई सधैं साथ दिन्छन्।
सिंह-धनु राशि
धनु राशिका मानिस सिंह राशिका मानिसको आत्म-विश्वासको मुरिद हुन्छन्। एक-अर्कालाई निकै राम्रोसँग बुझ्ने र समर्थन गर्ने यी दुई राशिका मानिसको जोडी लामो समयसम्म टिक्ने गर्छ।
कन्या-मकर राशि
एक-अर्कासँग सधैं इमान्दार रहने यी राशिका मानिस कुनै पनि सम्बन्धमा इमान्दारिताको आशा गर्छन्। यी दुई राशिका मानिस बीचको प्रेम सम्बन्ध निकै बलियो हुन्छ।