देशभर कोरोना संक्रमणलाई जित्नेको सङ्ख्या ७ लाख पुग्यो, थप २५२५ जनामा संक्रमण पुष्टि !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप २ हजार ५२५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ५१ हजार ०१ पुगेको छ भने एन्टिजेन विधिबाट ८० हजार ९६७ जनामा संक्रमण पुष्टि भएको छ।

थप ९ हजार ९०९ जनाको पिसिआर परीक्षण तथा ४ हजार ९०१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट २ हजार २० तथा एन्टिजेनबाट ५०५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३८ लाख ४९ हजार ३०४ जना पुगेको छ । हालसम्म ७ लाख ०२ हजार १८३ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २ हजार ८६ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९३ दशमलप ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ३८ हजार २५० रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण ३५ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या १० हजार ५६८ पुगेको छ।

प्रकाशित : मङ्गलबार, भदौ ०८, २०७८१७:१९

नेप्सेमा पहिरो, १६ कम्पनीको शेयरमा नकारात्मक सर्किट ! कुन-कुन [सूची सहित]