नक्कली फ्यान किनेर मेस्सी भन्दा खतरा हुने दाउमा रोनाल्डो, लाग्यो यस्तो आरोप !

मेस्सी र रोनाल्डो बीच को उत्कृष्ट भन्ने प्रश्न पछिल्लो १५ वर्ष देखि चल्दै आएको छ। यो प्रश्नमा हरेक मानिसको फरक फरक बिचार हुन्छ। फुटबल इतिहास कै सर्वोत्कृष्ट खेलाडी मध्ये दुई यी खेलाडी आधुनिक पुस्ताका दुई सर्वोत्कृष्ट खेलाडी हुन्। फुटबल जगतकै सर्वाधिक प्रतिष्ठित मानिने ब्यालुन डी ओर अवार्ड यी दुई खेलाडीले संयुक्त रूपमा ११ पटक हात पारेका छन्।

यी दुई खेलाडीले पनि एक-अर्काको कारण आफूलाई सफल हुनको लागि झन प्रेरणा मिल्ने स्वीकार गरेका छन्। मेस्सी र रोनाल्डो दुवै खेलाडी एक भन्दा अर्को उत्कृष्ट बन्न कुनै कसर छाड्दैनन्। यी दुई बीच को उत्कृष्ट भन्ने एक-अर्कामा नै होड चल्ने गर्छ। एक खेलाडीले कुनै खेलमा ३ गोल गरे अर्को खेलाडीले ४ गोल गर्छु भन्ने मसिकताका साथ मैदानमा उत्रिने गरेको दुवै खेलाडीले स्वीकार गरेका छन्। मेस्सीले रोनाल्डोलाई र रोनाल्डोले मेस्सीलाई अझ उत्कृष्ट बनाएका छन्।

यी दुई खेलाडी बीच मैदानमा मात्र नभएर मैदान बाहिर पनि कडा प्रतिस्पर्धा हुने गर्छ। सामाजिक सञ्जालमा पनि यी दुई बीच को प्रसिद्ध भन्ने चर्चा समय समयमा चलिरहन्छ। सामाजिक सञ्जालको कुरा गर्ने हो भने रोनाल्डो मेस्सी भन्दा प्रसिद्ध रहेको सबैले देख्न सकिन्छ। सामाजिक सञ्जाल मध्ये एक इन्स्टाग्राम कै कुरा गर्नु पर्दा पोर्चुगिज कप्तान रोनाल्डोको फलोअर्स अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको भन्दा झन्डै ७० मिलियन बढी रहेको छ।

३६ वर्षीय युभे स्टार इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर्स भएका व्यक्ति पनि हुन्। उनको हाल ३२९ मिलियन फलोअर्स रहेका छन्। त्यस्तै, ६ पटकका ब्यालुन डी ओर विजेता मेस्सीले हालै मात्र २५० मिलियन फलोअर्स प्राप्त गरेका छन्। उनको इन्स्टाग्राममा २५२ मिलियन फलोअर्स रहेको छ। मेस्सीको तुलनामा निकै धेरै मात्रामा पोस्ट गर्ने रोनाल्डोको फलोअर्स बढी हुनु कुनै ठूलो कुरा हैन।

तर हालै एक रिपोर्टले ५ पटकका ब्यालुन डी ओर विजेता रोनाल्डोले मेस्सी भन्दा उत्कृष्ट देखिनका लागि फेक फलोअर्स खरिद गर्ने गरेको आरोप लगाएको छ। उनले मेस्सी र आफू बीच ठूलो अन्तर देखाउन कै लागि फेक फलोअर्स खरिद गर्ने गरेको एक सामाजिक सञ्जाल विशेषज्ञले बताएको उक्त रिपोर्टमा उल्लेख गरिएको छ।

क्लारिनको एक रिपोर्टले रोनाल्डोले फेक फलोअर्स किन्ने गरेको दाबी गरेको हो। उक्त रिपोर्टमा लेखिएको छ,”२ दिन अगाडी रोनाल्डोको ३२४ मिलियन फलोअर्स थियो, ४८ घण्टामा ५ मिलियन वृद्धि भएको छ। एक सामाजिक सञ्जाल विशेषज्ञका अनुसार रोनाल्डोले मेस्सी र आफू बीच ठूलो अन्तर देखाउनका लागि फेक फलोअर्स किन्ने गरेका छन्। जसको कारण मेस्सीको कम फलोअर्स हुँदा पनि उनको पोस्टमा रोनाल्डोको भन्दा धेरै लाइक आउँछ।”

प्रकाशित : मङ्गलबार, भदौ ०८, २०७८१७:५७

पिएसजीबाट एम्बप्पे आउट, ब्राजिलियन रिर्चलसन इन !