लौकाको जुसले घटाउँछ तौल, विश्वासै नलाग्ने यी फाइदा पनि मिल्छ ! के-के ? हेर्नुहोस् ?

लौकाको तरकारी कतिलाई मन पर्छ कतिलाई मन पर्दैन । तर लौका स्वास्थ्यको लागि अति उपयोगी तरकारी हो । लौकामा हाम्रो शरिरको लागि अत्यावश्यक विभिन्न पोषक तत्वहरु रहेका हुन्छन् । आज हामी तपाईलाई लौकाको जुस पिउँदाका यस्ता फाइदाहरु जानकारी गराउँदै छौँ त्यो थाहा पाएपछि पक्कै तपाई पनि लौका मन पराउनु हुनेछ । यस्ता छन् लौकाको जुस पिउनका फाईदाहरु ।

१. तौल घटाउन अति उपयोगी
लौकामा तौल कम गराउने विभिन्न तत्वहरु रहेका हुन्छन् । लौकामा ९७ प्रतिशत पानी रहेको हुन्छ । यो खानाले तपाईमा भोक जाग्दैन । यसको जुस खाली पेटमा पिउनाले अति फाइदा गर्छ ।

२. मुत्र सम्वन्धी समस्या समाधान
मुत्र त्याग गर्दा पोल्ने समस्या छ भने लौकाको जुस नियमित रुपमा सेवन गर्नुहोस तपाईको समस्या दूर भएर जान्छ ।

३. रक्तचाप नियन्त्रण गर्छ
लौकामा फाइबर एन्टीअक्सिडेन्ट लगायतका तत्वहरु रहेका हुन्छन् । जसले रक्तचाप नियन्त्रण गर्नमा सहयोग गर्छ । यसको लागि लौकालाई पखालेर टुक्रा पार्ने र तातो पानीमा राखेर रस निकालेर पिउनुहोस् ।

४. अनिद्रा हटाउँछ
अनिद्राको समस्याले हैरान हुनुभएको छ भने लौकाको जुुसमा तिल वा तिलको तेल मिसाएर सेवन गर्नुहोस् । तपाईको समस्या दूर भएर जान्छ र तपाईलाई निद्रा लाग्छ ।

५. शरिरमा पानीको मात्रा कम हुन दिँदैन
लौकामा पर्याप्त मात्रामा पानीको मात्रा हुन्छ । तपाई बाहिर जान लाग्नुभएको छ भने एक गिलास लौकाको जुस पिएर निस्कुनहोस् । दिनभर तपाईको शरिरमा पानीको अभाव हुने छैन ।

६. पेटको रोगमा लाभदायक
लौकाको नियमित सेवनले पेटमा कुनै पनि प्रकारको रोग लाग्नबाट बचाउँछ । यसको लागि तपाईले लौकालाई काटेर त्यसको जुस बनाएर पिउनुहोस् ।

७. चाँयाबाट मुक्ति
चाँयाले हैरान बनाएको छ भने तपाई लौकाको रसमा अमलाको रस मिलाएर कपालमा लगाउनुहोस् । तपाईलाई चाँयाले सताउन छोड्छ ।

प्रकाशित : मङ्गलबार, भदौ ०८, २०७८१८:३५

यस्ता व्यक्तिले कुनै पनि हालतमा खानु हुँदैन कागती !