पिएसजीबाट एम्बप्पे आउट, ब्राजिलियन रिर्चलसन इन !

एजेन्सी – फ्रान्सेली युवा फरवार्ड किलियन एमबाप्पे स्पेन जाने सम्भावना बढेर गएको छ। स्पेनिस क्लब रियल म्याड्रिडले पेरिस सेन्ट जर्मेन(पिएसजी)लाई आधिकारिक प्रस्ताव राखेसँगै एम्बाप्पे स्पेन जाने सम्भावना बढेको हो।

एम्बाप्पे रियल म्याड्रिड जाने चर्चा चल्न थालेको केहि वर्ष भैसकेको छ। तर, पिएसजी एम्बाप्पेलाई बेच्न तयार नहुँदा एम्बाप्पेको ट्रान्सफर हुन सकेको थिए। पिएसजीले गएको केहि समय देखि एम्बाप्पेलाई क्लबमा अड्याउन विभिन्न प्रयत्न गरेको थियो।

पछिल्लो पटक पिएसजीले गत हप्ता एम्बाप्पेसंग निर्णायक छलफल गरेको थियो। जसक्रममा उसले एम्बाप्पेलाई आकर्षक तलब सहितको सम्झौता प्रस्ताव गरेको थियो। उक्त प्रस्ताव एम्बाप्पेले सिधै अस्विकार गरेको बताइन्छ।

प्रस्ताव अस्विकार गरेसँगै पिएसजी एम्बाप्पेले बिक्री गर्ने तयारीमा जुटेको खबरले मंगलबार ट्रान्सफर बजार तातेको थियो। त्यसको एक दिन बित्न नपाउँदै रियलले एम्बाप्पेका लागि आधिकारिक प्रस्ताव राखेको खबर आएको छ। एमबाप्पे अनुबन्धको लागि रियलले १३७ मिलियन पाउन्डको पहिलो प्रस्ताव गरेको अन्तराष्ट्रिय संचार माध्यमहरु जनाउँछन्।

एम्बाप्पेलाई प्रतिस्थापन गर्ने खेलाडी को ?

एम्बाप्पेले क्लब छाड्ने सम्भावना प्रवल बनेसँगै पिएसजी नयाँ खेलाडीको खोजमा जुटेको छ। एम्बाप्पेलाई सम्झौता थप गर्न लगाउने सम्पूर्ण प्रयास असफल भएसँगै पिएसजी एम्बाप्पेलाई प्रतिस्थापन गर्ने खेलाडीको खोजीमा जुटेको हो।

पछिल्लो चर्चा अनुसार एम्बाप्पेको ठाउँमा एभर्टनका ब्राजिलियन अन्तर्राष्ट्रिय रिर्चलसन ल्याइन सक्छन्। नेयमारसँग समेत नजिक रहेका रिर्चलसन एम्बाप्पेको सबै भन्दा राम्रो विकल्प हुन सक्छन्। नेयमार आफैंले पनि रिर्चलसनलाई पिएसजी ल्याउन सिफारिस गरेको बताइन्छ।

प्रकाशित : बुधबार, भदौ ०९, २०७८१०:०३

रोनाल्डोको हजारौं कोशिस बाबजुद पनि मतलब गरेन सिटीले, रोनाल्डोलाई इन्कार्दै केनतर्फ ध्यान !