“रोनाल्डोले जति छिटो युभेन्टस छाड्यो त्यति राम्रो”

एजेन्सी – युभेन्टसका पूर्व अध्यक्ष जियोभन्नी गिग्लीले क्रिस्टियानो रोनाल्डोले जति सक्दो छिटो युभेन्टस छाड्नुपर्ने बताएका छन्। प्रायजसो रोनाल्डोको युभेन्टस ट्रान्सफर विरुद्ध बोल्दै आएका गिग्लीले पछिल्लो पटक रोनाल्डो सक्दो छिटो युभेन्टसबाट बाहिरिनुपर्ने बताएका हुन्।

एक मिडियासँग कुराकानी गर्दै उनले रोनाल्डो महान खेलाडी भएपनि उनले युभेन्टस छाडे राम्रो हुने बताए। रोनाल्डोको युभेन्टस ट्रान्सफरलाई ठूलो गल्ती रहेको उनले उक्त अन्तर्वार्तामा पनि दोहोर्यए।

“मैले सधैं इमान्दार भएर भन्ने गरेको छु – रोनाल्डोलाई युभेन्टस ल्याइनु ठूलो गल्ती थियो। रोनाल्डोमा गरिएको लगानी युभेन्टसले उठाउन असम्भव देखिन्छ र पछि सम्म पनि त्यसले असर गर्नेछ।”,गिग्लीले भने।

युभेन्टसले रोनाल्डो बिना नै राम्रो गर्न सक्ने उनले दावी गरे। रोनाल्डोले आक्रमणमा कम्जोर पार्ने गिग्लीको आरोप छ। उनले भने,”रोनाल्डोले युभेन्टसको आक्रमणलाई कम्जोर पार्छन्। एक टीमको रुपमा युभेन्टसले रोनाल्डो नहुँदा राम्रो गर्न सक्छ।”

रोनाल्डो अन्यत्र गए दुवै पक्षलाई फाइदा हुने पनि उनले बताए। रोनाल्डोले युभेन्टस छाडे युभेन्टसलाई मात्र नभई रोनाल्डो आफैंलाई पनि राम्रो हुने उनको भनाई छ।

“रोनाल्डो एक महान खेलाडी हुन्। तर म इमान्दारिताका साथ भन्छु – उनले जति चाँडो युभेन्टस छोड्छन्, क्लब र उनलाई त्यति राम्रो हुन्छ।”,उनले भने।

रोनाल्डोलाई उडिनेस विरुद्धको खेलमा वैकल्पिक खेलाडीको लिस्टमा राखिएजस्तै गर्नुपर्ने पनि गिग्लीले बताए। उनका अनुसार रोनाल्डोलाई प्रयास बेन्चमै राखे राम्रो हुने गिग्लीको भनाई छ।

प्रकाशित : बुधबार, भदौ ०९, २०७८१०:३२

१९ दिन यताकै महँगो भएको सुनको मूल्य आज घट्यो !