मेस्सीले आँसु पुछेको रुमालका साथ नांगै फोटो खिच्ने चाहना, यति ठूलो रकम बोली समेत लगाइन् !

पीएसजी स्टार लियोनल मेस्सीले बार्सिलोना छाड्ने प्रेस सम्मेलनमा आफ्नो आँसु पुस्न प्रयोग गरेको रुमाल १० लाख डलर मूल्यमा अनलाइन अक्सनमा राखिएको कुरा त धेरैलाई जानकारी नै होला। तर एक बार्सिलोना समर्थक प्ले-बोय मोडलले उक्त रुमाललाई खास योजनाका साथ ६ लाख डलरको बोली समेत लगाएको दाबी गरेकी छिन्।

मेस्सी र बार्सिलोना बीच थप सम्झौता हुन नसक्दा यहि समरबाट यी दुई पक्ष बीचको २१ वर्षीय यात्रामा पूर्णविराम लागेको छ। आर्थिक संकटसँग जुधिरहेको बार्सिलोनामा रहन मेस्सीले आफ्नो पारिश्रमिक आधा गर्न समेत तयार भए तर पनि लिगको आर्थिक नियमका अनुसार बार्सा र मेस्सी बीचको सम्झौता हुन सकेन।

जसपछि पीएसजीसँग अनुबन्ध हुनु २ दिन अघि पूर्व कप्तान लियोनल मेस्सी रुँदै आफ्नो बिदाई घोषणा गर्न प्रेसमा आएका थिए। उक्त प्रेस सम्मेलनमा मेस्सीले आँसु पुस्न प्रयोग गरेको रुमाल पछि एक अनलाइन अक्सन वेबसाइटमा १० लाख डलरको मूल्यका साथ देखा परेको थियो।
द डेल्ली स्टारका अनुसार बार्सिलोनाकी समर्थक समेत रहेको प्ले-बोय मोडल लुआना सान्डियनले उक्त रुमाल खरिद गर्नको लागि ६ लाख डलरको बोली पनि लगाएकी थिइन्।

सान्डियनको योजना भनेको उक्त रुमाल प्रयोग गरेर ल-ग्न फोटोसुट गराउनु थियो। “मैले मेस्सीको उक्त रुमालको लागि ६ लाख डलर बोली लगाएको थिएँ। तर पछि उक्त विज्ञापन नै हट्यो,” मोडलले भनिन्,”मैले माग गरिएको आधा भन्दा पनि बोली लगाएको थिएँ ताकी मैले उक्त रुमाल प्राप्त गर्न सकूँ। तर मैले बोली लगाएपछि उक्त विज्ञापन नै हटेको छ।” आफूले उक्त रुमाल प्राप्त गर्ने बोली लगाएको आशा गरेको उनले बताइन्।

प्रकाशित : बुधबार, भदौ ०९, २०७८११:४८

एर्लिंग हालाण्ड भन्दा आफू निकै उत्कृष्ट भएको एम्बाप्पेको दाबी !