फ्रेन्च स्टार किलियन एम्बाप्पे सम्मिलित ट्रान्सफर सागाले फेरी नयाँ मोड लिएको छ। पीएसजीका मालिक सेख तामिम बिन हमद अल थानीका भाईले एम्बाप्पेसँग नाम जोडिएको क्लब रियल म्याड्रिडलाई स्पस्ट सन्देश दिएका छन्।
जारी साताको उत्तरार्धमा एक रिपोर्टका अनुसार पीएसजीले प्रस्ताव गरेको ५ वर्षीय सम्झौता इन्कार गरेसँगै पीएसजीले अब भने एम्बाप्पे बेच्न बारे सोच्न सुरु गरेको छ। पूर्व मोनाको स्टारले गत सजन पीएसजीका लागि २७ गोल गर्न सफल भएका थिए। फाब्रीजियो रोमानोका अनुसार फ्रेन्च स्ट्राइकरले हालसम्म क्लबले प्रस्ताव गरेको अफर ३ पटक भन्दा बढी इन्कार गरिसकेका छन्।
Confirmed. Real Madrid have made a formal bid for €160m to sign Kylian Mbappé immediatly. NO green light from Paris Saint-Germain yet. ⚪️🇫🇷 #Mbappé #RealMadrid
Kylian Mbappé has turned down more than three different proposals from PSG to extend the contract. He’s waiting too. pic.twitter.com/cGTAmYVhdb
— Fabrizio Romano (@FabrizioRomano) August 24, 2021
रोमानोका अनुसार मंगलबार नै रियल म्याड्रिडले एम्बाप्पेका लागि पीएसजीलाई १६० मिलियन अफर गरेको थियो। तर फ्रेन्च क्लबले स्पेनिस क्लबको उक्त अफरलाई नकारेको थियो। जसको केहि समयपछि नै सेख तामिम बिन हमद अल थानीका सम्बन्धि खलिफा बिन हमद अल थानीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै रियल म्याड्रिडलाई स्पस्ट रूपमा सन्देश दिएका छन्।
If you agree to the specified price.. contact us..
Or complete the season with the golfer
— خلـــيفة بـــن حمـــد آلــ ثانــــــي (@khm_althani) August 24, 2021
“यदि तपाईंहरु निश्चित मूल्यमा सहमत हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्,” उनले लेखे,”वा गल्फरका साथ सिजन पूरा गर्नुहोस्।” उनले गल्फर भनेर रियल म्याड्रिडका ग्यारेथ बेललाई संकेत गरेका छन्। बेलको गल्फ खेल्ने शौक पछिल्लो समय निकै मजाक बन्ने गरेको छ।