एजेन्सी – इरिक म्याक्सिम चुपो मोटिङको ह्याट्रिकसहित चार गोल मद्दतमा जर्मन डिएफवी पोकलको पहिलो राउन्डमा बायर्न म्युनिखले सानदार जित दर्ता गरेको छ ।
बायर्नले १० खेलाडीमा समेटिएको तल्लो श्रेणीको ब्रेमेर एसभीमाथि १२–० को फराकिलो जित दर्ता गरेको हो । बायर्नको एक दर्जन गोलमा चुपो मोटिङले चार गोल गर्दा जमाल मुसिएलाले २ तथा मालिक टिलमान, लिरोए साने, मिचेल कुइसेन्स, बोउना सार र कोरेन्टिन टोलीले समान एक गोल गर्दा एक जोल उपहार पाएको थियो ।
गोलको वर्षा भएको खेलमा बायर्नले पहिलो हाफमा ५ गोल गर्दा दोस्रो हाफमा ७ गोल थपेको थियो । इरिक म्याक्सिम चुपो मोटिङले खेलको ३५ मिनेटभित्रै ह्याट्रिक पुरा गर्दा बायर्नले पहिलो हाफमै ५–० को अग्रता लिएको थियो । पहिलो हाफमै जान लुका वार्मले आत्मघाती गोल गर्दा जमल मुसिलाले एक गोल थपेका थिए ।
७७औं मिनेटमा युगो नोविल सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि ब्रेमेर थप समस्यामा परेको थियो । त्यसअघि बायर्नले ८–० को अग्रता बनाइसकेको थियो । त्युपछि बायर्नले चार गोल थप्दै १२–० को फराकिलो जित दर्ता गर्योो।