काठमाडौँ – बुधबार घटेको सुनको मूल्य आज पनि घटेको छ। हप्ताको पहिलो दिन घटी लगातार दुई दिन बढेर बुधबार घटेको सुनको मूल्य आज पनि घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९१ हजार १ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि २ सय रुपैंयाँले नै बढेको छ। यससँगै तेजाबी सुनको मूल्य ९० हजार ६ सय रुपैंयाँ कायम भएको महासंघले जनाएको छ।
यस अगाडी छापावाला सुन आइतबार ९० हजार ९ सय, सोमबार ९१ हजार १ सय, मंगलबार ९१ हजार ६ सय र बुधबार ९१ हजार ३ सय रुपैंयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन आइतबार ९० हजार ४ सय, सोमबार ९० हजार ६ सय, मंगलबार ९१ हजार १ सय र बुधबार ९० हजार ८ सय रुपैंयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य कति ?
आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थिर छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदी आज १२ हजार १० रुपैंयाँमा कारोबार भइरहेको छ।