काठमाडौँ – प्रदेश १ को मुख्यमन्त्री परिवर्तन भएको छ। मुख्यमन्त्री पदबाट शेरधन राईले पदबाट राजीनामा दिएका छन् भने नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य नियुक्त भएका छन् ।
आजै एमालेको प्रदेश १ संसदीय दलका नेता चयन भएका आचार्य आजै मुख्यमन्त्री नियुक्त भएका हुन्। प्रदेशसभामा एमालेको एकल बहुमत रहेको छ। एमालेको एकल बहुमत भएकै कारण आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो।
आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी समक्ष पद तथा गोपनीयताको सपथ समेत लिसकेका छन्।